काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुलाई बैठकमा बोलाइएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।
बैठक बिहीबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जनाइएको छ । संसद्को गतिरोध हटाउन तथा कोभिड संक्रमण नियन्त्रण र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न देउवाले सर्वदलीय बैठक बोलाएका हुन् ।
प्रतिक्रिया