चितवन, नारायणगढदेखि गोन्द्राङसम्मको ६ किलोमिटर सडक उद्घाटन गरिएको छ ।
प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल र भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले शुक्रबार संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
निर्माण कम्पनी सगुन कन्स्ट्रक्सन प्रालिले ६ लेनको उक्त सडक एसियाली मापदण्डअनुसार निर्माण गरेको हो ।
पहिले दुई लेन मात्रै रहेको सडकलाई विस्तार गरेर बीचमा चार लेन र दुवै साइडतर्फ थप १र१ सर्भिस लेन थप गरिएको छ ।
५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली अन्डरग्राउन्ड गरिएको छ ।
प्रतिक्रिया