लेटेस्ट न्युज
advertisement1

माइतीघर–बानेश्वर सडकमा सवारी चल्न नदिए सडकमै गाडी तेर्स्याउँछौं : यातायात महासङ्घ

Maryada News 2025-04-18 16:30:18
माइतीघर–बानेश्वर सडकमा सवारी चल्न नदिए सडकमै गाडी तेर्स्याउँछौं : यातायात महासङ्घ

काठमाण्डू, शिक्षक आन्दोलनले १६ दिनदेखि माइतीघर–बानेश्वर सडकमा गाडी चल्न नदिएको भन्दै सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले सडकै गाडी तेर्स्याउने चेतावनी दिएको छ ।

एक पत्र जारी गर्दै आन्दोलनका कारण सार्वजनिक यातायात अवरुद्ध भएको भन्दै महासङ्घले गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण गराएको हो ।

महासङ्घले जिल्ला प्रशासन कार्यालयमार्फत अवरुद्ध सडक सुचारु गरिदिन माग गर्दै गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको छ ।

पत्रमा लेखिएको छ, ‘आन्दोलनको कारण १६ दिनदेखिको निरन्तर सडक अवरोधबाट यातायात क्षेत्रमा पर्ने बैङ्क किस्ता, कर, राजस्व, बीमा, कर्मचारी र मजदूरको आर्थिक हानि–नोक्सानी भइरहेको छ ।’

मुख्य सडक नै आन्दोलनको रणमैदान बनाइदिँदा यातायात क्षेत्रतर्फ गम्भीर असर परेको महासङ्घको भनाई छ ।

महासङ्घका महासचिव भरत नेपालले बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई ज्ञापनपत्र बुझाएको भन्दै अबको केही दिनमै माइतीघर–बानेश्वर सडकमा गाडी चल्न नदिए सडकमै गाडी तेर्स्याउने चेतावनी दिएका छन् ।

माइतीघर–बानेश्वर सडक १७ दिनदेखि मध्याह्न १२ देखि दिउँसो ३ बजेसम्म शिक्षक प्रदर्शन केन्द्र बन्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्