लेटेस्ट न्युज
advertisement1

कांग्रेस र प्रचण्ड-नेपाल समूहको एउटै स्वरः अविश्वासको प्रस्ताव टेवल हुनैपर्छ 

Maryada News 2021-02-21 13:40:37
कांग्रेस र प्रचण्ड-नेपाल समूहको एउटै स्वरः अविश्वासको प्रस्ताव टेवल हुनैपर्छ 

काठमाडौं- नेपाली कांग्रेस र नेकपाको प्रचण्ड–माधव समूहले प्रदेश नम्बर १ मा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव टेवल हुनबाट रोक्न नमिल्ने बताएको छ। 

सरकार पक्ष (ओली समूह)ले बैठक अवरुद्ध गर्ने बताइरहँदा कांग्रेस कांग्रेस प्रदेश सभाका प्रमुख सचेतक केदार कार्कीले सदन रोक्न नमिल्ने बताएका हुन्।

‘नेपाली कांग्रेस सदन सञ्चालनको पक्षमा छ, सरकारले रोक्न मिल्दैन,’ उनले भने, ‘सदनमा रहेको अविश्वासको प्रस्तावमा छलफल अघि बढ्नुपर्छ।’ सरकार पक्षले सदन रोक्न नमिल्ने बताउँदै उनले आइतबारबाट निरन्तर रुपमा अविश्वासको प्रस्ताव अघि वढ्ने बताएका हुन्।

नेकपा प्रचण्ड–माधव समूहका नेता इन्द्र आङ्बोले पनि कार्कीको जस्तै दावी गरेका छन्। उनले भने ‘आजको बैठकमा अविश्वासको प्रस्ताव टेबुल हुनुपर्छ र नियमित प्रकृयामा अघि बढ्नुपर्छ ।’ 

आङ्बोकाअनुसार दुई साताको समय पाउँदा पनि सरकार पक्षले दलहरुसँग सहमतिका लागि सार्थक पहल नै गरेन।  ‘अविश्वासको प्रस्ताव दर्ता भएको एक महिनापछि मुख्यमन्त्रीज्यूले प्रदेशसभा बोलाउनु भयो, त्यसपछि १८ दिन र १५ दिन गरी दुई पटक सरकारले समय लियो तर सार्थक पहल गरेन।’ उनले थपे ‘छलफलको समन्वय नगर्ने तर बाहिर संसद् भङ्ग गर्ने अभिव्यक्ति दिँदै हुनुहुन्छ तर हामी सरकारसँग सदनमा छलफल गर्न चाहेका छौं।’

मुख्यमन्त्री शेरधरन राईले केहि दिनअघि प्रदेशसभा भङ्ग हुन सक्ने अभिव्यक्ति दिएका थिए।

यसअघि नेकपाका प्रचण्ड-माधव समूहका ३७ सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। गत माघ ७ गते बोलाइएको प्रदेश सभा बैठक ३ मिनेटमात्रै बसेर स्थगित गरिएको थियो। त्यसपछि गत माघ २५ गते ओली समूहकै सांसदहरु उभिएर बैठक सन्चालनमा बाधा पुर्याएका थिए। सो दिन बैठक कार्यसूचीमै प्रवेश गर्न पाएन।

सत्ता पक्षले नै प्रदेशसभा बैठक अवरुद्ध गरेको भन्दै प्रचण्ड–माधव समूहले र नेपाली कांग्रेसले आलोचना गर्दै आएका छन्।यद्यपि कांग्रेसले अविश्वास प्रस्तावको पक्षमा उभिने कि विपक्षमा भनेर स्पष्ट निर्णय लिन सकेको छैन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्