उज्वल दाईसँग अन्तिम भेट पनि त्यस्तै हावा भयो, जस्तो हावा पहिलो भेट भएको थियो । म अन्तिम भेटको कुरा अन्तिममा गर्नेछु । मलाई कहाँबाट शुरु गरौँ भनेर गाह्रो भयो र अन्तिम भेट सम्झेको हुँ । अब उज्वल दाईसँग यो लोकमा भेट हुँदैन भन्ने स्विकारी सकेपछि पुराना कुरा सम्झिरहेको छु । म धादिङको कुनै सानो बजारमा पुगेको थिएँ । बिहानै नास्ता गर्न गाडी रोकियो । गह्रुङ्गो टाउको, चिसो खुट्टा । म नास्ता गर्न पनि झरिनँ ।
कहाँ पुगेछु भनेर बाहिर हेरेँ र हतपत्त फोन निकालेँ । पुकार (बम) दाईलाई फोन गरेँ, दाइ म धादिङ पुगेँ भनेर । मलाई कहिले नपुगेको शहर काठमाडौं हेर्ने उत्सुकता भन्दा बढी विवेकशीलका साथीहरुलाई प्रत्यक्ष भेट्नु थियो । एकाएक म झस्किए, कहाँ जाँदैछु म ? कसको घरमा बस्ने ? म हराए भनेँ, मैले विवेकशीलमा लागेको दुई वर्ष कटिसकेको थियो । महेन्द्रनगरमा म साइन्स पढ्थे । स्कुलमा अन्तरमुखी राम्रो पढ्ने विद्यार्थी प्लस टुमा पढाई भन्दा अन्तरवार्ता, समाचार, आन्दोलन, संविधान, संविधान सभा मेरा रुचीका विषय बन्न थालेका थिए ।
फेसबुकमा विवेकशील नेपालीको ‘संविधान खोइ ? भनेर थाल बजाउने पोष्टको कमेन्टमा ‘तिमीहरु राम्रा छौ तर काठमाडौंमा मात्रै बसेर हुन्छ ? हाम्रो गाँउमा कहिले पुग्छ विवेकशील ?’ भनेर लेखेको थिएँ । मैले गज्जब दनक दिए भनेर सोचेको थिए तर उल्टै दनक पाएँ । रिप्लाई आयो, ‘तपाईँको गाउँ बनाउन अरु आएर हुँदैन । तपाईँ आफै लाग्नुहोस् ।’ सँगसँगै एउटा सदस्यताको लिङ्क थियो- लिड नेपाल डट् कम् स्यास जोइन ।
काठमाडौं म हुर्केको गाउँ देहिमाण्डौँ भन्दा विल्कुलै विरानो र भयानक थियो मेरा लागि । धादिङ पुगेपछि झनै लाग्न थाल्यो हरे काठमाडौं, दिल्लीभन्दा पनि दूर जुन पार्टीको एक भेकको नेतृत्व गरिरहेको थिए, त्यो पार्टीको कुनै नेता राम्रोसँग भेटेको पनि थिएन् ।
यो ‘दिमाग घोच्ने’ रिप्लाईले मलाई विवेकशीलमा आबद्ध हुन र समाजमा आफूले चाहेको जस्तो सामाजिक रुपान्तरणका लागि नेतृत्व गर्न विकल्प कुरेर बस्ने हैन आफै अघि सर्न प्रेरणा मिल्यो । पार्टीमा आबद्ध त भए तर कुरा बुझ्दा खेरि पुकार बम बाहेक सुदूरपश्चिमको कोही मान्छे पार्टीको लिष्टमा देखेन । विस्तारै फेसबुकबाट मदन खडायत, हृदय रेग्मी, नरेश भण्डारी, बिमला जोशी, किशोर भट्ट,मंगल चौधरी, शिव विष्ट लगायत धेरै साथीहरु जोडिनुभयो । मदनजी र म धेरै योजना बनाउँथ्यौँ ।
महेन्द्रनगरमा र सुदूरपश्चिममा विवेकशील स्थापित भएको पना देख्थ्यौँ । अभियानहरु गर्न थाल्यौँ । मैले नै बल गरेर पार्टीको पहिलो राष्ट्रिय अधिवेशन (२०७२) मा दुई जना प्रतिनिधि पठाए । पछि मदनजी पनि काठमाडौं (पार्टी कार्यालय) जानुभयो । तर म काठमाडौं गएको थिएन । काठमाडौं म हुर्केको गाउँ देहिमाण्डौँ भन्दा विल्कुलै विरानो र भयानक थियो मेरा लागि । धादिङ पुगेपछि झनै लाग्न थाल्यो हरे काठमाडौं, दिल्लीभन्दा पनि दूर‘ जुन पार्टीको एक भेकको नेतृत्व गरिरहेको थिए, त्यो पार्टीको कुनै नेता राम्रोसँग भेटेको पनि थिएन् ।
घरमा साथीहरुमा हिहि विवेकशीलमा छ रे भन्थे । तर मैले खै के कारणले हाम फाले, दृढता थियो मनमा । काठमाडौं आउनु अघि उज्वल दाईले फोनमा भन्नु भएको थियो, ‘यसपाली काठमाडौंमा राम्रो गर्नुपर्छ । तिमी पनि यतै आउनुपर्छ । तिमीले कन्टेन्ट राइटिङको लीड गर्नुपर्छ । पुकारसँग कुरा गरेर आउ है ।’ कसरी राम्रो गर्ने ? कसरी लीड गर्ने ? म देहिमाडौंको मान्छे काठमाण्डौँ जिताउन किन जाने ?
प्रश्न अनेक उठे तर मैले घरका कुरा काटे, र आँटे । जामैजाममा फसेर बसपार्क झरेर चावहिल जाने गाडीमा आएर चप्पल कारखाना झर्नु भन्नुभएको थियो । मलाई त सुकेधारा पुर्याइदियो । म कोही आफन्त । न शहरको चलन थाहा । सुकेधाराबाट फर्किए एमालेको पार्टी कार्यालय देखेँ, राप्रपाको कार्यालय देखे तर विवेकशीलको देखेन । चप्पल कारखाना चोकबाट अली भित्र भित्तामा लेखिएको थियो ( विवेकशील नेपाली २०० मिटर भित्र ।
मलाई फेसबुकबाट धेरैले चिनेका थिए, मैले पनि चिनेको थिए । रञ्जु दर्शनालाई देखे । मलाई पनि रञ्जु यही हो जस्तो लागेन, उनलाई पनि हरीश मै हो भन्ने लागेनछ । पुकार दाई, रमेश दाई, मिलन दाई, गोविन्द दाई सबैलाई भेटे । म पार्टी कार्यालयमै बस्थे । तर उज्वल थापा मैले भेटेन । त्यस्तो भेटिहालुँ भन्ने पनि थिएन । दोस्रो दिनको बिहानै एक जना जाङे लाएको बोके दारी पालेको उज्वल दाई जस्तै मान्छे देखे । नमस्ते गरे । ‘ए, आयौ ।, ल ठिक छ ।’ मात्रै भन्नुभयो । माथी ‘वार रुम’मा लैजानु भयो ।
हेर भाई तिमिलाई हामीले राम्रो लेख्छौ भनेर बोलाएको । हामी काठमाण्डौँमा यहाँका जनताको खास समस्याका बारेमा र्भे गर्दैछौँ । तिमिले कन्टेन्टमा काम गर्नुपर्छ । यत्ति भन्नुभो जानुभो । कामको बाहेक धेरै कुरै नगर्ने । गल्ति गर्यो भने हाँसी दिने । राम्रो गर्यो भने वास्तै नगर्ने । तर कस्तो संयोग भने हरेक पल्ट थाकेर बस्दा होस् की दिक्क मानेर बस्दा अचानक आएर, ‘के छ भाई ?’ भन्दै उरन्ठेउला प्रश्न गर्न थालि हाल्ने ( कस्तो लाग्यो त काठमाण्डौं ? संसारकै सुन्दर काठमाडौं बनाउन के गर्नुपर्ला सोचिराख है १ अनी पछि यहीँबाट सिकेर बैतडीमा पनि काम गर्नुपर्छ ।
मैले दाईसँग नजिकबाट काम गर्नलाई उहाँलाई नेपाली लेख्नमा चाहिने सहयोगका लागि र नयाँ चिज सिक्ने उहाँको बानीका कारण गाउँमा हुर्केको भएर अझै धेरै उत्सुक भने हुनुहुन्थ्यो । तर दाईलाई कामकै पिर ।
त्यो सर्भेको बेला पछि काठमाण्डौंको स्थानीय निर्वाचनमा फेरि म आए । उज्वल दाई, पुकार दाई, मिलन दाई, बोध मास्के, सन्नी दाई, अनुषा दिदी, साधना दिदी, उपेन्द्र, प्रमेश धेरै जना रञ्जु दर्शनाको अभियानमा विभिन्न मोर्चामा काम गर्थ्यौँ। धेरै जना उज्वल दाईको सिधा र ‘रुखो’ बोलीले गर्दा व्यक्तिगत कुराकानी गर्दैनथे । मसँग टाढाबाट आएको भनेर हो कि के हो सबैले जस्तै उज्वल दाईले पनि अलि फरक तरिकाले कुरा गर्नुहुन्थ्यो । पछिपछि साथीहरु उज्वल दाईले अलि बढी माया गर्छ यसलाई भन्थे ।
मलाई चाहिँ त्यस्तो लाग्थेन । पछि अलि राजनीतिक घोचपेचमा मलाई त ‘उज्वल थापाको मान्छे’ भन्दा रैछन् । मलाई त्यस्तो अरुका भन्दा अतिरिक्त केहि लाग्थेन । मैले दाईसँग नजिकबाट काम गर्नलाई उहाँलाई नेपाली लेख्नमा चाहिने सहयोगका लागि र नयाँ चिज सिक्ने उहाँको बानीका कारण गाउँमा हुर्केको भएर अझै धेरै उत्सुक भने हुनुहुन्थ्यो । तर दाईलाई कामकै पिर । जसले काम गर्यो उसलाई मोटिभेट गरिरहने ।
एकदिन रञ्जु दर्शनाको भाषणहरुमा अझ प्रखरता ल्याउन के(कसरी हयोग गर्न सकिन्छ भनेर गोविन्द दाई, रमेश दाई र म पार्टी कार्यालय बाहिर कुरा गर्दैथ्यौँ-उज्वल दाई आउनुभयो र भन्नुभयो, ‘के कुरा गरिरा ?’ दाईलाई गोविन्द दाईले, मैले कोठामा बसेर गर्ने काम भन्दा सडकमै, ग्राउण्डमै गर्ने काममा रुची हुन्थ्यो । हामीले धेरै ठूला योजना बनाउने र कागजी कामहरु काम जस्तै लाग्थेन । पूर्वतैयारी गर्ने, काम गर्ने । जनताको जीवन बचाउने(मन छुने । नो अल्टरनेटिव वे भन्नुहुन्थ्यो ।
पछि काठमाडौं क्षेत्र नं ५ मा उहाँको मुख्य सञ्चार सहयोगी भएर र पछि विवेकशील साझा पार्टीमा समेत तुलनात्मक रुपमा दाईसँग काम गरेको समय सामान्य र प्रेरक हुन्थ्यो । दाई अब हामीसँग हुनुहुन्न । यो बीचमा हाम्रो सम्पर्क पनि मेसेन्जरमा बाहेक कमै थियो । करोनाको कारण पनि हो । सायद उहाँ सगरमाथा बेस क्याम्प भ्रमण जानुअघिको अन्तिम लामो कुराकानी नै हाम्रो अन्तिक कुराकानी भयो । पार्टीका संयोजक मिलन पाण्डे र मैले दाईको घरमा ५ घन्टा बढी जसो कुरा गरेका थियौँ ।
जीवनका बारेमा, राजनीतिका बारेका, हाम्रो सपनाका बारेमा र आगामी कार्यदिशाका बारेमा । त्यो अन्तिम दिन दाइले भन्नुभएका दुईटा कुरा जीवनपर्यन्त स्मरणीय रहनेछन् । एउटा जीवनका बारेमा । ‘जीवन हिजो र भोलि होइन। आज जे खायौँ,जति घुम्यौँ, जति सेवा गर्यौँ। त्यही हो ।’ भन्नुभएको थियो । उहाँ यस्त गम्भीर कुरा धेरै गर्ने मान्छे होइन । तर पछिल्लो समय हाम्रो सम्पर्क कम हुँदै जाँदा भएको भेटमा उहाँको कुरा टिपेर राखुँ, उहाँसँग आजसम्म एउटा फोटो पनि खेचेको छैन ।
आज दाई फोटो खिचौँ भनौँ जस्तो लागेको थियो । तर हामी छुट्टियौँ त्यो दिन रकेही दिन पछि उहाँ सधैँका लागि छुट्टिनु भयो । राजनीतिका विषयमा पनि अरु बेलाभन्दा गम्भीर देखिनु भएका दाईले आफ्नै अनुभवको सार सुनाए जस्तै ‘समाज परिवर्तन गर्न कठिन छ त्यै भएर यो काममा हात हाल्नु हुन्न भन्ने कुरा हटाउन नयाँ पुस्ताको दिमागबाटै यो हटाएर। सम्भव छ, सम्भावना छ भनेर देखाउने नेतृत्व हरेक ठाउँमा चाहिएको छ। त्यसैले अब हामीले लुटतन्को पक्ष को हो र लोकतन्त्रको पक्ष को हो भनेर देखाउने काम गर्नुपर्छ ।’
अस्पतालमा आलोक सुबेदी, विजयबाबु दाइ लगायतले धेरै सहयोग गर्नुभयो तर म आफै कोभिड सङ्क्रमणमा भएर दाइलाई अस्पतालमा र उहाँको महाप्रस्थानमा समेत जान पाएन । दाइले पूर्णतः सार्थक, स्वतन्त्र र अर्थपूर्ण जीवन जिएर जानुभयो । असमयमै हामीलाई भने छोडेर जानुभयो तर दाइले व्यक्तिगत रुपमा म र थुप्रै युवाहरुलाई आफ्ना सपनाहरुलाई उद्देश्य बनाउन र लड्न सिकाएर जानुभयो । आज उहाँको १३औँ दिनको पुण्य तिथिमा मैले उहाँबाट सिकेका र प्रेरित भएका १३ वटा संस्मरणहरु संक्षिप्त रुपमा यहाँ राख्न चाहन्छु ।
बाल मतलब !
उज्वल थापालाई जसरी मानिसहरुले उहाँ बिरामी हुँदा सद्भाव देखाए र उहाँको देहान्तमा जसरी अभूतपूर्व चासो व्यक्त भयो त्यसबाट धेरै कोणबाट विश्लेषण भैरहेका छन् । यद्यपि, यो सद्भावको मूल कारण भनेको उहाँले जिएको मनमौजी र स्वतन्त्र जीवनशैली हो ।
आफ्ना निर्णयहरुमा आफूभित्रको प्रभाव ज्यादा हुनुपर्दछ र बाहिरको लहलहै कम हुनुपर्छ भन्ने उहाँको शैली थियो । नेपालजस्तो के त यथास्थितिलाई नत्याग्ने के त अतिवादलाई स्वीकार्ने समाजमा उहाँले नौलो प्रयोग गरिरहँदा जस्तो अप्ठ्याराहरु उहाँले भोग्नुभयो तीनलाई उहाँले मतलबै गर्नुभएन । लक्ष्य र लक्ष्य प्राप्तिको शुद्ध साधन तय भैसकेपछि बाँकी आरोह अवरोहले यात्रा रोकिनुहुन्न भन्ने दृढता उहाँमा थियो ।
उज्वल दाइ हरेक क्षण आविस्कार र नौलो पनि ल्याउनुहुन्थ्यो । सम्पत्ति विवरण भर्दा ४ वटा जति कट्टु छन भनेर समेत लेख्नुहुन्थ्यो । अब लुटतन्त्रविरुद्ध केरा आन्दोलन गर्नुपर्छ भन्नुहुन्थ्यो ।
केरा र कट्टुका कुरा
सबैले विवेकशीललाई चिनेका यो नौलो राजनीतिक दल भनेर होइनन्, यो देशमा २०० वरिपरि दलहरु छन् । विवेकशीलपछि मात्रै कति दल आए, गए । तर विवेकशीलले नेपाली राजनीतिमा केही नौला प्रयोग र नौला दृष्टिकोणहरु दिएकाले मानिसहरुले विवेकशीललाई चिनेका हुन् । र यी सबैजसो नौला प्रयोगहरुका पछाडि एउटा गुमनाम प्रायः मानिस थियो-उज्वल थापा ।
बन्द गरेर हैन शान्तिपूर्ण विरोध, युवाहरुको नेतृत्व स्वीकार, समयमै स्वेच्छिक पदत्याग लगायतका कतिपय अभ्यासका कुरा इतर पनि उज्वल दाइ हरेक क्षण आविस्कार र नौलो पनि ल्याउनुहुन्थ्यो । सम्पत्ति विवरण भर्दा ४ वटा जति कट्टु छन भनेर समेत लेख्नुहुन्थ्यो । अब लुटतन्त्रविरुद्ध केरा आन्दोलन गर्नुपर्छ भन्नुहुन्थ्यो । सङ्घर्षले ल्याएको लोकतान्त्रिक गणतन्त्र नेताहरुले ‘बनाना रिपब्लिक’ बनाउने हुन् कि भन्ने चिन्ता उहाँमा थियो । त्यै भएर अब ‘बनाना प्रोटेस्ट’ गर्नुपर्छ भन्नुहुन्थ्यो । केही नौला कुरा सिर्जनशील सुनिन्थे भने केही मुर्खतापूर्ण । तर सबै प्रयाशमा केही न केही गरौँ, कुरा हैन कामै गरौँ भन्ने हुन्थ्यो ।
तिम्रो मात्र ठेक्का हैन भाई
विवेकशील साझा पार्टी बनेपछि धनगढीका उद्योगी गोपाल हमाललाई प्रदेश संयोजक तोक्ने कार्यक्रम थियो । अब विवेकशील अभियान विवेकशील नेपाली हुँदै विवेकशील साझा पार्टी हुँदै गर्दा विभिन्न संक्रमणकालीन समस्याहरु थिए । मैले त्यतिखेरको एकीकरणको एक पक्षको नेतृत्व गरिरहँदा थाकेर दाई म सक्दैन यो झमेला सहन भन्थे ।
उहाँ ठिक छ त तिम्रो मात्र ठेक्का हैननी सुदूरपश्चिम बनाउने । नयाँ नयाँ मान्छे आउँछन । हामीले एक समय आफै उभिएर नागरिकको एक तहमा विवेक जगाउने हो । सधैँ हामी नै नेतृत्वमा रहनुपर्छ भन्ने छैन, देश बनाउने ठेक्का नेतालाई या एक पार्टीलाई दिने सँस्कार तोड्नुपर्छ भन्नुहुन्थ्यो । उहाँको विशिष्टता भनेकै ‘नयाँमा विश्वास’ थियो । थाकेको नेतृत्वले डेलिभर गर्न सक्दैन त्यै भएर उ आफैले विश्राम लिनुपर्छ भन्नुहुन्थयो । जुन उहाँले अभ्यास पनि गर्नुभयो ।
हामीलाई त ‘फेक न्युज’सँग लड्नु छ
पारदर्शिता र नवीनताको पर्याय बनेको विवेकशील र यसको नेतृत्वकर्ताको रुपमा एउटा टेलिभिजन र एउटा अनलाईनले नियोजित रुपमा समाचार बनायो । हालका प्रधानमन्त्री निकट एक जना गैरव्यवसायिक पत्रकारले तथानाम तथ्यहरु बङ्ग्याएर ‘उज्वल थापाले पैँसा खायो’ भनेर लेख्न थाल्यो ।
'डिप फेक' भिडियो बनाएर अहिलेका शासकहरुबाट भ्रम छरिन्छ अनि जनताले मज्जाले पत्याउँछन् । सक्किगो नि हैन यो समाजमा हुर्किन लागेको आशा भनेर उहाँ धेरै दुःखी हुनुभएको थियो ।
हामीले प्रेस काउन्सिलमा उजुरी दिने र नियोजित रुपमा जिप्रकामा दर्ता भएको झुटो अभियोग पत्रमाथि छानविनमा छिटो गरिदिन अनुरोध गर्ने तैयारी गर्यौँ । उज्वल दाइलाई यो कुराले धेरै नै दुःखि बनाएको थियो । यो समाचारको तथ्यपरक खण्डन हामीले निकाल्यौँ तर कसले सुनिदिनु !
‘हरीशले र उज्वल मिलेर एक करोड घुस लिएको छ इन्डियन र चाईनिजबाट भनेर समाचार आउने दिन आए भाइ’ भनेर एक दिन राति ११ बजेतिर फोन गर्नुभयो । भोलि सत्तामा पुग्दा हामी नै फेक न्युजको सहारालिने बन्छौँ कि भन्नुहुन्थ्यो । 'डिप फेक' भिडियो बनाएर अहिलेका शासकहरुबाट भ्रम छरिन्छ अनि जनताले मज्जाले पत्याउँछन् । सक्किगो नि हैन यो समाजमा हुर्किन लागेको आशा भनेर उहाँ धेरै दुःखी हुनुभएको थियो । पछिल्लो पटक विदेशमा पनि डिप फेकको महामारीबारे चर्चा गरेका थियौँ ।
२२ औँ सताब्दीको कुरा गर भाइ
‘दाइ धुलिखेलमा एउटा कार्यक्रम छ जाने हो ?’ मैले भने । केही प्रतिक्रिया नपाएपछि फेरि ‘एक्काइसौँ सताब्दी सापेक्ष नेतृत्वबारे स्वतन्त्र युवाहरुले आयोजना गरेका हुन् जाउँ न १’ भने ।
म जान्न रञ्जुलाई या रमेशलाई भनः भन्नुभयो । हैन दाइ, तपाईलाई नै बोलाको छन् भनेपछि झर्केर भन्नुभयो, ‘तिम्रो उमेरका युवाहरुले त आफ्नो उमेर समूहका कुरा गर्दा २२औँ सताब्दीको कुरा गर्नुपर्यो नी !’ एक्काइसौँ सताब्दीको कुरा त हाम्रो पुस्ताको चासो हो । उहाँ सधैँ भविष्यमुखी कुरा गर्नुहुन्थ्यो । सुन्दा उच्छृङ्खल र व्यर्थ लाग्ने तर गहिरो सन्देश बोकेका योजना र सपना उहाँ नयाँ पुस्तामा जगाउन चाहनु हुन्थ्यो ।
गुरु राष्ट्र
विवेकशीलमा म ‘कन्जरभेटिभ’ थिए । पार्टीका कतिपय नीतिहरुमा मेरो असहमति हुन्थ्यो । राजनीतिकै कुरा गर्दा त दाई अत्यन्तै उदारवादी लोकतन्त्रमा विश्वास राख्नुहुन्थ्यो । मेरो कुरा संवर्द्धनवाद र अलिअलि परम्परारसंस्कृतिका कुरासँग राजनीति जोडिनुपर्छ भन्ने हुन्थ्यो । उहाँले धेरैबेर कुरा गरिसकेपछि भन्नुभयो, ‘तिम्रो र मेरो कुरा एकै हो भाषा फरक पर्यो ।’ हो म पनि सबै किसिमका अतिवादको समाधान मध्यमार्ग हो भन्नेमा सहमत थिए ।
विवेकशीलमा हामीले यसलाई पहिले ‘समयसापेक्ष सुधारमार्ग’ हुँदै पछिल्लो समय ‘गतिशील मध्यमार्ग’ या ‘गतिशील लोकतान्त्रिक बहुलवाद’ के भन्ने भनेर चर्चा गरिरहेका थियौँ । शब्द जे पनि मूल कुरा त अन्तरवस्तु थियो । अतिवादको समाधान के हो ? नेपाललाई भारत र चीन जस्ता दुई ध्रुवबीच कसरी जोगाएर संसारको केन्द्रबिन्दु बनाउने ? नेपालमा उठिरहेका जातीय पहिचानवादीरक्षेत्रीय विखण्डनवादी आवाजहरु एकातिर र अर्कोतिर उग्र दक्षिणपन्थी अतिवादीहरुको बीचमा नेपालको स्वाभिमान र सार्वभौमिकता जोगाउने शुत्र के हो भनेर समाधन खोज्नुपर्छ भनेर अध्यनरत हुनुहुन्थ्यो ।
गतिशील मध्यमार्ग (बुद्धको मार्ग) अपनाएर नेपाललाई अध्यात्म, विविधता र वातावरणीय चेतनाको गुरु बनाएर संसारलाई बाटो देखाउन सक्ने ‘गुरु राष्ट्र’ बनाउन सकिन्छ भन्नुहुन्थ्यो । उज्वल थापाको जीवनको सार ‘गुरु राष्ट्र’ अवधारणाले बोक्छ जस्तो मलाई लाग्छ र यस संबन्धमा छुट्टै आलेखमा चर्चा गर्नु वाञ्छनीय हुने म ठान्दछु ।
पोजिटिभ भाइरस्
देश नबन्नुको कारण के हो रु उहाँको सरल जवाफ हुन्थ्यो ( ‘नकारात्मक शक्तिहरु ओभरटाइम काम गरिरहेका छन्, सकारात्मक शक्तिहरु पार्ट टाइम पनि दिँदैनन्।’ उहाँ सकारात्मकतामा गहिरो विश्वास राख्नुहुन्थ्यो ।
उहाँको जीवनमा बुद्धको प्रेरणाले पनि हुन सक्छ नकारात्कता भन्दा छिटो सकारात्मक भाइरस फैलिनुपर्छ भन्ने उहाँको विचार थियो । विवेकशीलका हरेक सदस्य पोजिटिभ भाइरस बनुन्, विवेकशीलका हरेक अभियानले पोजिटिभ भाइरसहरु निर्माण गरुन र सकारात्मकताले आशा र सम्भावना ढोका खोल्छ भन्ने उहाँको दृढता थियो । समाजमा रहेको नकारात्मकतालाई चिर्न ससाना तर सकारात्मक अभ्याहरु भइरहनुपर्छ नत्र समाज मृतप्रायः हुन्छ भन्ने उहाँको धारणा र अभ्यास थियो ।
तथ्य भन्दा तरिका
‘इट्स नट ह्वाट यु डु, बट इट्स हाउ यु डू ।’ नेतृत्वले के गर्छ भन्दा कसरी गर्छ भन्ने कुरा महत्वपूर्ण छ भन्नुहुन्थ्यो। बोल्ने कुरामा पनि एउटै कुरालाई पनि कसरी बोल्यो भन्ने कुराले अर्थ राख्छ भन्नुहुन्थ्यो । तथ्यलाई त बङ्ग्याएर प्रस्तुत गर्न सकिन्छ तौरतरिकाले उसको परिचय दिइहाल्छ । तरिका ठिक हुनुपर्छ भन्ने उहाँको शैली व्यवहारमा निकै रोचक देखिन्थ्यो ।
लेख्न नछोड भिडियो बनाउन सिक
आफूसँग काम गर्ने मानिसलाई उसको क्षमता चिन्ने र क्षमता अभिवृद्धी गर्न पनि प्रोत्साहन तथा मद्दत गर्ने उहाँको बानीले नै धेरैलाई उहाँ आफ्नो लाग्ने गरेको थियो । निरन्तर अभ्यास र पुरानो सिपमा पनि आविस्कारको आवश्यकता औँल्याइरहनुहुन्थ्यो । ‘तिमी लेख्नमा मात्र मिहेनत गरेर पुग्दैन भिडियो लेखको बनाउन पनि जान्नुपर्यो । अब केही वर्षपछि ट्रकहरु त अटोमेटिक चल्छन ट्रक ड्राइभरहरुलाई नयाँ सिप सिकाउन पर्यो नी । यस्तै त हो !’
तिमिहरुको वाद के हो ? (धन्यवाद)
उज्वल दाईले हामीलाई सिकाएको वाद भनया चाहिँ ‘धन्यवाद’ हो । हाम्रो समाजमा कृतज्ञताको सँस्कार थोरै छ । गाडी चढेपछि सहचालकलाई, अस्पतालमा नर्सलाई, समाजमा योगदान पुर्याउने नागरिकहरुलाई र जो जहाँ सुकैको भएपनि ऊप्रति कृतज्ञ रहनुपर्छ भन्ने उहाँको व्यवहार थियो ।
राम्रो काम गर्ने र खटिने जोसुकैलाई ‘थ्याङ्क्यु है’ भन्न कहिले बिर्सनुहुन्थेन । कुरा त एकदमै सानो हो तर हामी कसैप्रति उसको निष्ठा र कर्मप्रति कृतज्ञता व्यक्त गर्छौँ भने हामी स्वतः राम्रोलाई अगाडी बढाइरहेका हुन्छौँ ।
विवेक प्रयोग गर
हामी यति अल्छी छौँ कि सामाचार खोलेर आफै पढ्दैनौँ । तर हामी यति हतास छौँ की हेडलाईन हेरेकै भरमा धारणा बनाएर अभिव्यक्त गरिहाल्छौँ । के ही के गलत छुट्याउन सक्ने नागरिक नै विवेकशील नागरिक हो । र विवेकशील नागरिक नै समाज रदेश बनाउने आधार हुन् । यदि मानिसहरुमा विवेक जागेन भने हिंसा र विनासको भावना जाग्छ जस्ले अरुसँगै मानिस आफैलाई पनि सकाउँछ ।हाम्रो समाजमा ‘विवेकशीलता’ जगाउन गाह्रो काम हो किनभने यहाँ कसैले कसैलाई बिना कारण आरोप लागाइ दिन सक्छ ।
यो समाजमा अतिवादले विभाजनमात्र ल्याएको छैन, हाम्रो विवेक पनि गुमाइदिएको छ। हरेक हप्ता नेपालमा नयाँनयाँ काण्ड आउँछ । हामी जन्मैले काण्डप्रेमी छौँ । त्यो काण्डको अन्तर्य र सत्य बुझेकै हुँदैनौँ काण्ड कर्ताले अर्को काण्ड सिर्जना गर्छ हामी त्यतै लाग्छौँ ।
बिना कारण लागेको आरोपकै भरमा समाजले उसलाई अभियुक्त बनाइसकेको हुन्छ । तर असली अभियुक्त ‘मिलाउन’ जान्दछ र ऊ खुल्लमखुल्ला राज गर्छ ।यदी नयाँ पुस्ताले यो जालोमा पर्नबाट आफूलाई जोगाएन र ‘मध्यमार्ग’को साँघुरो रेखामा हिँडेर विवेक प्रयोग गर्न सकेन भने यो समाजको उद्धार असम्भवप्रायः छ ।
यो समाजमा अतिवादले विभाजनमात्र ल्याएको छैन, हाम्रो विवेक पनि गुमाइदिएको छ। हरेक हप्ता नेपालमा नयाँनयाँ काण्ड आउँछ । हामी जन्मैले काण्डप्रेमी छौँ । त्यो काण्डको अन्तर्य र सत्य बुझेकै हुँदैनौँ काण्ड कर्ताले अर्को काण्ड सिर्जना गर्छ हामी त्यतै लाग्छौँ । हामी काण्डमा हुन्छौँ शासकले लुटिसकेको हुन्छ । विवेक जगाउने र सहीमात्र सही भन्ने समाज बनाउन जरुरी छ ।
युवाहरुलाई सोसल इन्जिनियरिङभन्दा पहिला इनर इन्जिनियरिङ
उज्वल दाईको जीवनको विश्वास नयाँ र युवामा थियो । तर युवालाई सोसल इन्जिनियरिङमा लाउन अघि इनर इन्जिनियरिङमा लाउनपर्छ भन्ने उहाँको धारणा थियो । अध्यात्मक र बुद्धमार्गी जीवनशैलीको प्रभावले होला उहाँ आात्मक शुद्धि र खासगरी युवाहरुमा आध्यात्मिक चेतनाको जरुरी ठान्नुहुन्थ्यो । नेपाल त गुरुहरु, ऋषि विदुषीहरुको देश यहाँको हरेक युवा बुद्धको जस्तो चेतना र जनकको जस्तो शिक्षा बोकेको हुनुपर्छ अनि मात्र उसले समाजमा राम्रो इन्जिनियरिङ गर्न पर्छ भन्नुहुन्थ्यो ।
डर हैन आशा
‘दाइ, एमसीसीबारे तपाईँको धारणा के हो ?’ मैले सोधे । म डर भन्दा आशालाई अगाडी सार्छु भाइ । यदि यसमा केही गलत छ भने विश्वविद्यालयमा प्राध्यापकहरुले भनुन के के गलत छ । छैन भने डर देखाएर एउटा सानो आर्थिक सहायतामाथि कुराजनीति नगरौँ भन्नुहुन्थ्यो ।
ठिक कि बेठिक भन्दा पर उहाँको चासो ‘कसरी ?’ भन्नेमा हुन्थ्यो । यही भएर होला-उहाँले हामीहरुलाई र कसैलाई पनि कहिल्यै आफ्नो या कसै अरुको डर देखाउनुभयो न त आफू डराउनुभयो । आफ्नो जीवन आशामा बिताएर सार्थक कर्म गरेर जानुभयो हामीलाई पनि डर भन्दा अगाडि आशा राख्नु भनेर केही आशाको किरण छोडेर जानुभयो ।
अन्तिम भेटमा पनि उहाँको यही निष्कर्ष थियो, लुटतन्त्रले डर देखाएर आफ्नो आयु लम्ब्याईरहन्छ तर लोकतन्त्रले नागरिकका जीवनमा आशा छरिरहनुपर्छ । सपनाहरुलाई उद्देश्य बनाउन र आशालाई पछ्याएर सम्भावना देखाउने उज्वल दाईप्रति श्रद्धाञ्जली त्यही हुनेछ, आफ्नो विवेक जगाऔँ । समाजमा विवेक जगाऔँ ।
- हरीशप्रसाद भट्ट
(विवेकशील अभियान र विवेकशील साझा पार्टीको स्थापनाकालदेखि स्वर्गीय उज्वल थापाका निकट सहयोगी भट्ट विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य हुन् ।)
प्रतिक्रिया
qmZpajRdo
2024-05-21 05:40:40gNEpPzinx
qmZpajRdo
2024-05-21 05:40:47gNEpPzinx