लेटेस्ट न्युज
advertisement1

गेटमै नाराबाजी गरेपछि राप्रपाका लिङदेन, तामाङ र शाही सिंहदरबारबाट प्रहरी नियन्त्रमा

Maryada News 2025-04-20 14:54:53
गेटमै नाराबाजी गरेपछि राप्रपाका लिङदेन, तामाङ र शाही सिंहदरबारबाट प्रहरी नियन्त्रमा

काठमाण्डू, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)अध्यक्ष राजेन्द्र लिङ्देन, संसदीय दलका उपनेता बुद्धिमान तामाङ र प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सांसद शाहीले सिंहदरबार गेटमा नाराबाजी सुरु गरेपछि प्रहरीले सिंहदरबार गेटभित्रै तीन जनालाई नियन्त्रणमा लिएको हो।

प्रदर्शनमा निस्किनु अघि राप्रपाका सांसदहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेला भएका थिए।

उनीहरूले निषेधित क्षेत्र तोड्ने कार्यक्रम राखेका थिए। प्रहरीले उनीहरूले सिंहदरबार भित्रै प्रदर्शन गर्न सक्ने भन्दै निगरानी राखेको थियो।

प्रकाउ अघि मिडियासँग कुराकानी गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले लोकतान्त्रिक अधिकार खुम्च्याउन खोजेको आरोप लगाएका छन्।

आइतबार निषेधित क्षेत्र नयाँ बानेश्वरमा प्रदर्शन गर्नुको कारणबारे उनले भनेका छन्, ‘बोल्न पाउने, लेख्न पाउने र प्रदर्शन गर्न पाउने अधिकार खुम्च्याउन खोजियो त्यसैले सरकारको नजिकै प्रतिकात्मक प्रदर्शन गरेका हौँ।’

राप्रपाले तीनकुनेमा भएको घटनाको न्यायिक छानबिन आयोग गठन र आफ्ना नेताहरूको रिहाइ गर्न माग गरेको छ सिंहदारबाट बाहिरिँदै लिङ्देनले भनेका छन्, ‘हाम्रा निर्दोष नेताहरूलाई रिहाइ गर्न माग गरेका छौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्