लेटेस्ट न्युज
advertisement1

राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शन सुरु, निषेधित क्षेत्र तोड्ने कार्यकर्ताको प्रयास, आन्दोलनले सर्वसाधारणलाई सास्ती

Maryada News 2025-04-20 13:27:24
राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शन सुरु, निषेधित क्षेत्र तोड्ने कार्यकर्ताको प्रयास, आन्दोलनले सर्वसाधारणलाई सास्ती

काठमाण्डू, राजसंस्था पक्षधर दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शन सुरु भएको छ ।

अहिले प्रदर्शन बिजुली बजार क्षेत्रबाट बानेश्वरतर्फ अघि बढेको छ । निषेक्षित क्षेत्र तोकिएको नयाँ बानेश्वरमा प्रहरीले राखेको ब्यारिगेट प्रदर्शनकारीले तोड्ने प्रयास गरिरहेका छन् ।

पार्टीका शीर्ष नेताहरु भने प्रदर्शनमा आइसकेका छैनन् । अहिले सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

राप्रपाले निषेधित क्षेत्र तोड्ने तयारी गरेपछि सरकारले बिजुलीबजारलगायत क्षेत्रमा सुरक्षा तैनाथी बढाएको हो ।

नेपाल शिक्षक महासङ्घ र राप्रपाको प्रदर्शनका कारण काठमाडौं उपत्यकामा सहज ढङ्गले सवारीसाधन सञ्चालन नहुँदा सर्वसाधारणलाई सास्ती भएको छ ।

विशेषगरी कार्यालय समयमा भएको प्रदर्शनले कार्यालय जानपर्ने कर्मचारीलाई मर्का परेको छ ।

माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई कठिन भएको छ ।

प्रहरीले आवश्यकताअनुसार ‘रुट’ परिवर्तन गरी सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरिले जानकारी दिए ।

भद्रकाली र तीनकुनेबाट सवारी डाइभर्ट गरिएको छ ।

कार्यालय समयमा सवारीसाधन लामो समयसम्म जाममा पर्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको थियो ।

राप्रपाले निषेधित क्षेत्र बिजुलीबजार पुल आसपासमा भेला हुने जनाएपछि माइतीघर, बबरमहल र नयाँबानेश्वर क्षेत्रमा सवारी आवगमनमा रोक लगाइएको छ ।

उक्त क्षेत्रमा तारबार गरेर अवाञ्छित गतिविधि रोक्ने प्रयत्न भएको छ भने धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ ।

विगत १९ दिनदेखि देशभरका शिक्षक आन्दोलनमा छन् । उनीहरुको आन्दोलनसँगै आज राप्रपाले पनि विरोध प्रदर्शन गरेपछि सवारी व्यवस्थापन जटिल बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्