कठमाडौं : प्रतिनिधि सभा सदस्यबाट हटाइएका चार पूर्वमाओवादी नेताले पुनर्बाहली माग गर्दै पूर्वमाओवादीका चार सांसद सर्वोच्च अदालत पुगेका छन्। पूर्वमाओवादी नेताहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी रिटले आफूहरुलाई स्पष्टीकरण दिने मौकासमेत नदिई पार्टी र सांसद पदबाट निष्कासन गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन्।
उनीहरुले रिटमा सांसदकै हैसियतमा कामकाज गर्न पाउनु पर्ने माग गरेका छन्। उनीहरुले आफूहरु नेकपा एमालेमा प्रदेश नगरेको र माओवादी केन्द्र अवैधानीक रहेको दाबी गरेका छन्।
अवैधानीक पार्टीले गरेको कारबाही मान्य नहुने भन्दै सांसदबाट हटाउने निर्णय बदर गर्न रिटमा माग गरिएको छ। चारै जनाको रिटको ब्यहोरासमेत एउटै रहेको छ ।
प्रतिक्रिया