राज सागर, नेपाली गजल र सुगम संगीतमा चलेको नाम र स्वर हो। स्थायी घर भोजपुर कुलुङ भएका राज, एसएलसी पछि ब्रिटिस लाहुरे बन्न भन्दै पोखरा हानिएका थिए। दुर्भाग्य भन्ने कि सौभाग्य, उनी लाहुरेमा फेल भए। त्यसपछि बाल्यकालदेखि मनमा गाडिएर बसेको गायक बन्ने चाहना एकाएक प्रष्फुटित भयो। अनि यात्रा काठमाडौंतर्फ मोडियो।
प्रदर्शनी मार्गको आरआर क्याम्पसमा ०६० सालमा दिग्गज संगीतकार दीपक जङ्गमसँग संगीत सिके। अनि ‘नेपाली तारा’ हुँदै उनको सांगीतिक यात्राले उडान भर्याे। हाल गजल गायकको रुपमा आफ्नो पहिचान स्थापित गराउन सफल राजसँग मर्यादाकर्मी असीम तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :
सांगीतिक जीवनको अपडेट के छ ?
मैले भर्खरै ‘यादका लहरहरू’ भन्ने प्रकाश पौडलको शव्द रचनामा संगीत भरेर आफैं गाएँ। अञ्जु पन्तले पनि त्यस गीतमा स्वर दिनुभयो। त्यस्तै लक्ष्मण गगनको शव्द रचनामा रहेको गजल ‘हाल यहीँ’ भन्ने बजारमा ल्याएँ।
शतिस त्रिपाठी, अर्जुन रत्न भिखारीको पनि गजल गाएको छु। अनि गीतकार अमर बान्टुको शव्दमा आफैंले कम्पोज र स्वर दिएको ‘सपनाको झोली’ चाहिँ अब रिलिज हुनेवाला छ।
यी रिलिज भएका र हुन लागेका गीतहरू कुन विधाका हुन्– गजल या सुगम संगीत ?
दुइटै छन्। धेरै चाहिँ गजल हुन्।
आफूलाई चाहिँ तपाईँ कुन विधाको गायक हो जस्तो लाग्छ ?
म पछिल्लो समय गजलमा व्यस्त छु । तर मेरो करियरको सुरुवात चाहिँ लोक गीतबाट भएको हो। म नेपाली तारामा सहभागी हुनुअघि नै मैले आफ्नै रचना र संगीतमा माण्डवी त्रिपाठीसँग मिलेर पूर्वेली लोक गीत गाएको थिए। त्यसपछि ‘डढिया थापिदेउ साइँला, बल्छी थापिदेउ’ भन्ने अर्काे लोकभाकाको गीत सत्यकला राईसँग गाएँ।
०६४ सालमा रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा उत्कृष्ट तीनमा पर्न सफल भएँ। अनि गायन आधुनिक गीततर्फ धेरै ढल्कियो। त्यसपछि केही राष्ट्रियस्तरका अवार्ड पाएँ– गजल विधाबाट। दुई वर्षअघि त ‘गजल अफ दि ईयर’ नै पाएँ। अलि धेरै पहिचान दिएको र आफैंलाई गाउन मन पर्ने भएकाले म गजल विधाको गायक हुँ।
गजल गायनको त बजार सानो छ भन्छन् नि ?
होइन, बजार त सबै विधाको लागि उत्रै हो नि। हामीले बजारको कति भाग ओगट्न सक्छौं, कति ‘क्यास’ गर्न सक्छौं भन्ने कुरामा भर पर्छ। समग्र मूल्याङ्न गर्दा गजल बुझ्ने मान्छे कम होलान्, गजलको माधूर्यमा शान्त भएर सुन्ने श्रोता कम होलान्। जस्तो गजलका शब्दकै कुरा गर्दा, त्यो निकै वजनदार हुन्छ। शब्दको त्यो भार थेग्न सक्ने श्रोता कमै हुन्छन्। तर यति भन्दाभन्दै पनि गजलका श्रोता कम हुन सक्लान्, तर बजार यसको कम छैन।
गजल गायनले धेरै कलाकारलाई महान् कलाकार बनाइदियो, ती महान् कलाकारले गजल विधालाई उत्कृष्ट विधाको रुपमा स्थापित गरिदिए, जस्तो गुलाम अलि खान, मेहदी हशन, जगजित सिंहहरू। नेपालमा चाहिँ त्यो किन हुन सकेन अथवा हुन सक्ने संभावना कत्तिको छ ?
एकदमै महत्त्वपूर्ण विषय उठाउनुभयो। हामीले सुन्ने मेहदी हशन, गजल गाउने आफ्नो परिवारको १७ औं पुस्ता हो। गजल र उहाँको घराना १७ औं पुस्तापछि बल्ल चिनिन थाल्नुभयो। उहाँहरू गजल सुनाउँदै विश्वभर पुग्नुभएको छ। हामीले पनि त्यहीँबाट सिकेको हो। हाम्रो लागि त यो विशुद्ध आयातीत विधा हो।
अब गजलको उद्गम भूमीमै गजल फर्किन सयौं वर्ष लाग्छ भने, हामी त ‘जस्ट विगिनर’। तर अब भने सजिलो छ। मिडियाको सहयोगमा यो सहज छ। हामी धेरै श्रोतामाझ पुग्न सक्छौं।
लेखनमा हरिभक्त कटुवाल, क्षेत्रप्रताप अधिकारीजस्ता सर्जकको विरासत बोक्ने पनि कोही भेटिएन। मुख्य समस्या यो हो। अर्काे कुरा यसमा मिडियाको पनि ठूलो हात छ। मिडियाले पनि नेपालीभन्दा भारतीय गीत संगीत र श्रृजनालाई नै बढी प्राथमिकता दियो।
तीतो कुरा गर्नु पर्दा नेपालीले अहिले पनि सुन्ने भनेको भारतीय र पाकिस्तानी गायकका गजल हुन्। तपाईँ आफैं गजल गायक भएको नाताले हाम्रा गजलमा चाहिँ के कमजोरी देख्नुहुन्छ? गजल लेख्ने, गाउने कलाको ‘स्टाण्डर्ड’ नपुगेकै हो त हाम्रो ?
सुरुवातमा त यस्तै हुन्छ । बल्ल त गजलको बाढी आउन लाग्या छ। अब जरो गाडेर बसेकाहरू टिक्छन्, जरो नहुने उखेलिन्छन्। त्यसले पनि एकखाले शुद्धिकरण गर्छ। अनि अर्काे कुरा के छ भने -अहिले सबैलाई गजल भनेकै रदीफ र काफिया मिलाए पुग्छ भन्ने छ। तर त्यसको भाव पक्षप्रति कसैले ध्यान दिएको पाइँदैन। अब विस्तारै भने शुद्धिकरण हुँदै छ। अब नेपाली गजल विधाको पनि विकास हुन्छ।
केही दशक अघिमात्र गजलका ‘लेजेण्ड’ मेहदी हशनले ‘भन लौ तिमि नढाँटी’ जस्ता कालजयी नेपाली गजल गाउनु भएको छ। गुलाम अलि खानले पनि ‘लोलाएका ती ठूला’, ‘गाजलु ती’ जस्ता गजल गाउनु भएको छ। त्यस्तो स्वर्ण युग सुरु भइसकेको नेपाली गजलमा अहिले कसरी खडेरी लाग्यो ?
पहिलो कुरा त यी गीत हुन् गजल हाेइन। गजल जस्ताे सुनिए पनि याे गीतकाे विधामा पर्छ। अर्काे कुरा, हामी सुरुदेखि नै गोपाल योञ्जन, नारायणगोपाल, अम्बर गुरुङजस्ता दिग्गजको साहित्यिक चेतना, संगीत कौशल र शैलीमा अभ्यस्त भयौं। पछि उहाँहरूले बसाल्नुभएको जग, उहाँहरूको विरासतलाई सम्हाल्ने व्यक्ति नै भएनन्।
लेखनमा हरिभक्त कटुवाल, क्षेत्रप्रताप अधिकारीजस्ता सर्जकको विरासत बोक्ने पनि कोही भेटिएन। मुख्य समस्या यो हो।
अर्काे कुरा यसमा मिडियाको पनि ठूलो हात छ। मिडियाले पनि नेपालीभन्दा भारतीय गीत संगीत र श्रृजनालाई नै बढी प्राथमिकता दियो। यसकारण गजलमात्र होइन, समग्र संगीत क्षेत्रमै ह्रास आएको हो।
यसमा आर्थिक कारण पनि जोडिएला नि ?
जोडिन्छ। जमाना यसरी परिवर्तन भयो कि, सर्जकले स्थिर भएर श्रृजना गर्नै सकेन। ‘क्रियटिभ माइण्ड’ नै अरुको लोकप्रियता र कमाई हेरेर श्रृजनात्मक कार्यमा लाग्यो।
अर्काे कुरा, पहिले कम्पनीले पैसा हालिदिएर एल्बम निकाल्थे र गीत स्तरीय हुन्थ्यो। आजभोली पैसावालाले गीत लेख्छन्। गीतकारको सट्टा पैसावालाले गीत लेखेपछि श्रृजनाको स्तर कहाँ पुग्छ? एकजना व्यक्ति जोसँग पैसा छ उसले कतिञ्जेल गीत लेख्छ? पैसा हुञ्जेलसम्म त हो। तर असली सर्जकले त पैसा नभएपनि श्रृजना त गर्न सक्छ नि!
प्रतिस्पर्धीलाई मानसिक शोषण दिइएको छ। प्रतिस्पर्धीको काम गीत सिक्ने नभएर भोट माग्ने हो भन्ने जस्तो पारिएको छ। यसरी नै चलेको छ अधिकांश 'रियालिटी शो'। सम्पूर्ण कुरा आफ्नै संघर्षमा टिक्ने हो, 'रियालिटी शो' मा होइन।
एउटा सरल प्रश्न, गजल गाएर पेट पालिन्छ ?
(लामो हाँसो...) के लाग्छ तपाईँलाई ?
मेरो डिल्लीबजारमा स्टुडियो पनि छ। त्यसको भाडा तिर्छु म। मेरो कोठाको भाडा तिर्छु म। साथिभाइसँग राम्रै होटल रेष्टुराँमा बसेर खान्छु। त्यसैले यी सब कुरा ‘पेट पालिन्छ कि पालिन्न’ भन्दा पनि वित्तिय व्यवस्थापन कसरी गरिएको छ भन्ने कुरामा भर पर्छ।
तपाईँ त्यतिबेलाको एउटै र चर्चित रियालिटि शो को पृष्ठभूमीबाट आउनु भएको। तपाईँको आजको पहिचान कायम गर्नमा कार्यक्रमले केही योगदान गरेको छ जस्तो लाग्छ ?
केही हदसम्म छ। तर त्यतिबेला जम्मा एक–दुईटा मात्र टेलिभिजन थिए। त्यसमा पनि नेपाल टेलिभिजन घरघरमा पुगेको थियो। टेलिभिजनमा कार्यक्रम आउँदासम्म मलाई दर्शक श्रोताले माया गरिरहनुभयो। जसै कार्यक्रम सकियो, म बिर्सिइएँ। अब म लगायत अन्य प्रतिस्पर्धी ‘हुँदो न खाँदो’को सेलिब्रिटी भयौं। हामी युज एण्ड थ्रो भयौं।
हामीमात्र होइन, कुनै पनि प्रतिस्पर्धी कुनै पनि रियालिटि शो का लागि ‘युज एण्ड थ्रोे’ हो। रियालिटि शो मा जानेहरूले यति कुरा दिमागमा राखे हुन्छ। कार्यक्रम सञ्चालकले करोडौं लगानी गरेका हुन्छन्। त्यो त उठाउनु पर्याे नि! समाजसेवा गर्न त यी रियालिटि शो सञ्चालनमा आएका होइनन्।
हाम्रो हैसियतभन्दा माथिको लगानी गरेर रियालिटि शो भित्र्याउने अनि त्यो पैसा उठाउन समाजमा ‘इमोसनल ब्ल्याकमेल’ गर्ने कार्य भइरहेको छ। जातियता, गरिबी जस्ता कुरा बिक्रीमा राखिएको छ। प्रतिस्पर्धीलाई मानसिक शोषण दिइएको छ। प्रतिस्पर्धीको काम गीत सिक्ने नभएर भोट माग्ने हो भन्ने जस्तो पारिएको छ। यसरी नै चलेको छ अधिकांश 'रियालिटी शो'। सम्पूर्ण कुरा आफ्नै संघर्षमा टिक्ने हो, 'रियालिटी शो' मा होइन।
अलिकति प्रशंग बदलाैँ, तपाईँ त आजभोलि समाजसेवामा पनि क्रियाशील हुनुहुन्छ भन्ने सुनिन्छ नि ?
अँ थोरैथोरै। आफूले सकेको सहयोग गरेको हो। आफ्नो पेट अघाइसकेपछि अरुलाई सहयोगमात्र गरेको हो।
आजभोलि त नेपालमा कलाकारहरू समाजसेवी भएर उदाउन लागेका छन्। तपाईँलाई पनि गायकको पहिचानले नपुगेर समाजसेवीको पहिचान खोज्दै हिँड्नु भएको त होइन ?
होइन। समाजसेवी कसैको पहिचान हुनै सक्दैन। अझ समाजसेवी त भ्रमको शव्द मान्छु म। कुनै पनि व्यक्ति समाजसेवी हुनै सक्दैन। सहयोग गर्नासाथ कोही समाजसेवी हुनै सक्दैन। कलाकारले सरकारी अस्पतालमा रंग लगाउँदैमा समाजसेवी हुन्छ?
कति दिन टिक्छ? यो समाजसेवा होइन, यो त अराजकता हो। जसले जे गरे पनि हुने? यस्ता काममा त राज्यलाई दबाब दिनुपर्छ। म आफ्नो गला, कला बेचेर सकेको बेला चाहिएको व्यक्तिलाई सहयोग गरी नै रहन्छु तर समाजसेवीकै पहिचान चाहिँ बनाउँदिन।
प्रतिक्रिया
idodied
2022-04-18 12:59:07Viagra Precio Farmacia Gofbop [url=https://bestadalafil.com/]Cialis[/url] Travel in underdeveloped countries Quick Hit Differential diagnosis in patients with fever and altered mental status Infection Sepsis UTIurosepsis pneumonia bacterial men ingitis intracranial abscess subdural empyema Medicationdrugs Neuroleptic malignant syndrome haloperidol phenothiazines Delirium tremens Metabolic Thyroid storm Infectious Diseases Klebsiella spp. Vchmtz <a href="https://bestadalafil.com/">Cialis</a> cialis profesional Oyaoqt https://bestadalafil.com/ - Cialis comprar viagra a distancia Kwnhkx
thakalm
2024-07-25 22:30:40<a href=http://cialis.lat/discover-the-best-prices-for-cialis>cialis generic cost</a> But at the end of the day they all make a contribution within the life cycle of these business over many, many years