लेटेस्ट न्युज
advertisement1

आइपीएलमा लखनउको रोमाञ्चक जीत, राजस्थानको लगातार चौथो हार

Maryada News 2025-04-20 08:27:10
आइपीएलमा लखनउको रोमाञ्चक जीत, राजस्थानको लगातार चौथो हार

एजेन्सी, इण्डियन प्रिमियर लिग (आइपीएल) मा लखनउ सुपर जायन्ट्सले राजस्थान रोयल्सलाई २ रनले हराउँदै सिजनको पाँचौं जीत दर्ता गरेको छ ।

यो जितसँगै लखनउ १० अंकसहित तालिकाको चौथो स्थानमा पुगेको छ ।

शनिबार राति सम्पन्न खेलमा लखनउले टस जितेर पहिले ब्याटिङ गर्दै एडन मार्कमको ६६ रन र आयुष बाडोनीको ५० रनको मद्दतमा ८ विकेट गुमाएर १८० रनको चुनौती दिएको थियो ।

जवाफमा राजस्थानले ओपनर यशस्वी जयसवालको ७४ रनको पारीका बाबजुद ५ विकेट गुमाउँदै १७८ रन मात्र बनाउन सक्यो ।

अन्तिम ओभरसम्म पुगेको खेलमा राजस्थानलाई जितका लागि ९ रन आवश्यक थियो ।

तर, आवेश खानको उत्कृष्ट बलिङले लखनउलाई संकटकै बीचबाट जीत दिलायो ।

उनले ३ विकेट लिए । राजस्थानको यो छैटौँ पराजय हो । ऊ ४ अंकसहित तालिकाको आठौँ स्थानमा स्थानमा छ ।

आइपीएलमा आज पनि दुई खेल हुँदै छन् । पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरु र पञ्जाब तथा दोस्रो खेलमा चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्स आमनेसामने हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्