एजेन्सीः भारत र इंग्ल्याण्डबीच भएकाे तीन खेलकाे एकदिवसीय श्रृङ्खला भारतले कब्जा गरेकाे छ। श्रृङ्खलामा भारत २-१ ले विजयी भएकाे हाे।
आइतबार भएकाे तेस्राे तथा निर्णायक एकदिवसीय खेलमा टस हारेर पहिले ब्याटिङ गरेकाे भारतले ४८.२ ओभरमा तीन सय २९ रनमा आफ्नाे सम्पूर्ण विकेट गुमाएकाे थियाे। जीतका लागि इंग्ल्याण्डलाई तीन सय ३० रनकाे आवश्यकता थियाे। तर प्रारम्भीक ब्याट्सम्यान जेसन राेय र जनी बेयरस्टाे १४ र एक रनमा पवेलियन फर्किएपछि भने इंग्ल्याण्ड धरमराएकाे थियाे।
त्यस्तै अघिल्लाे खेलमा शतक बनाउन एक रनले चुकेका बेन स्टाेक्स भने यसपटक ३५ रनमा क्याच आउट हुन पुगे। खेलकाे अन्तिममा इंग्ल्याण्डका लागि साम करेनले यादगार पारी खेल्दै इंग्लयाण्डलाई जीत नजिक पुर्याए पनि जीतका लागि पर्याप्त हुन सकेन।
यस्तै पहिले ब्याटिङ गरेकाे भारतका लागि राेहित शर्मा र शिखर धवनले १४.४ ओभरमा एक सय तीन रनकाे साझेदारी गर्दै भारतलाई बलियाे स्थितीमा पुर्याएका थिए। कप्तान विराट काेहलीका लागि भने तेस्राे एकदिवसीय खेल सम्झन लायक भने रहेन। उनी १८ औं ओभरको चौथो बलमा ७ रनमा बोल्ड आउट भएका थिए।
यससँगै भारत र इंग्ल्याण्डबीचकाे टेस्ट, टी ट्वेन्टी र एकदिवसीय खेल तीनवटै श्रृङ्खलामा भारत विजयी भएकाे छ।
प्रतिक्रिया