लेटेस्ट न्युज
advertisement1

कक्षा १२ को परीक्षा तोकिएकै मितिमा गर्ने बोर्डको निर्णय

Maryada News 2025-04-22 12:28:25
कक्षा १२ को परीक्षा तोकिएकै मितिमा गर्ने बोर्डको निर्णय

काठमाण्डू, आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा नसार्ने निर्णय गरेको छ ।

आन्दोलनरत शिक्षकहरूले परीक्षामा सहभागी नहुने जनाएपछि आवश्यक निर्णय लिन छलफलमा बसेको बोर्डका पदाधिकारी तथा शिक्षा सचिवसहितको बैठकले उक्त निर्णय लिइएको हो ।

शिक्षकहरूले आन्दोलन जारी राखिरहेको अवस्थामा सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएपछि कक्षा १२ को परीक्षा हुने वा नहुने भन्ने विषय थप अन्योलमा परेको थियो ।

मन्त्रीले राजीनामा दिएसँगै परीक्षा सर्ने आशंका गरिएको थियो । तर आज बसेको बोर्ड बैठकले परीक्षा नरोक्ने निर्णय गरेसँगै उक्त अन्योलता हटेको हो ।

बोर्डको आजको बैठकले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका सूचना अधिकारी नारायण पोख्रेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्