लेटेस्ट न्युज
advertisement1

कालीकोटको पलाँतामा ट्याक्टर दुर्घटना, चालकसहित चार जनाको मृत्यु

Maryada News 2025-04-21 09:24:59
कालीकोटको पलाँतामा ट्याक्टर दुर्घटना, चालकसहित चार जनाको मृत्यु

कालीकोट, कालीकोट जिल्लाको पलाँतामा ट्याक्टर दुर्घटना भएको छ । गएराति भएको ट्याक्टर दुर्घटनामा चालक सहित चार जनाको मृत्यु भएको छ ।

पलाँता –९ थिर्पुबाट खिन तर्फ जाँदै गरेको ट्याक्टर पलाँता – २ लार्फा गाउँ नजिक राति ११ बजे दुर्घटना परेको प्रहरीले जनाएको छ ।

ट्याक्टर खाद्यान्न लिएर जाँदै गर्दा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा पलाँता ५ का वर्ष ३२ का अम्मा शाही, पलाँता ४ का बर्ष ३८ का सदु वुढा, बर्ष २३ रवीन्द्र बिक र ट्याक्टर चालक खत्याड गाउँपालिका ५ मुगुका चन्द्रप्रकाश रोकाया रहेको प्रहरीले जनाएको छ ।

ट्याक्टर भिरबाट खसेकाले नम्बर पत्ता लगाउन नसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्