लेटेस्ट न्युज
advertisement1

अझै भएन मेलम्चीको पानी वितरण

Maryada News 2021-04-12 17:58:16
अझै भएन मेलम्चीको पानी वितरण

काठमाडाैंः आवश्यक संरचना नबनेका कारण उपत्यकाका विभिन्न स्थानमा अझै पनि मेलम्चीकाे पानी वितरण हुनसकेको छैन। उपत्यकामा चक्रपथभित्र धेरै ठाउँमा खानेपानी वितरण भए पनि आयोजना कार्यान्वयन निर्देशनालयले संरचना बनाइरहेको स्थानमा अहिले पानी वितरण शुरु हुन नसकेको हो।

कतिपय स्थानमा पाइप बिच्छ्याउन, लिफ्ट बनाउन वा ‘क्रसिङ’ मा आवश्यक संरचना बनिनसकेको निर्देशनालयले जनाएको छ। पहिलो चरणमा पानी वितरण हुने स्थानमा मध्यपुरठिमी, भक्तपुर, कीर्तिपुरलगायतका स्थानमा संरचना बन्न बाँकी भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए। उनकाअनुसार चक्रपथभित्र र आसपासका क्षेत्रमा मात्रै अहिले पानी वितरण भइरहेको छ। उनले भने, “कीर्तिपुर र भक्तपुर जिल्लामा थप पानी आएपछि र संरचना बनिसकेपछि मात्र पानी वितरण हुनेछ।”

लिमिटेडले कीर्तिपुरमा लिफ्ट बनाइरहेको र त्यो बनिसकेपछि पानी वितरण हुने बताइएकाे छ। मध्यपुरमा भने क्रसिङमा आवश्यक संरचना निर्माण भएको छ। यद्यपि त्यो ‘सेटिङ’ हुन कम्तीमा २८ दिन लाग्ने निर्देशनालयका सूचना अधिकारी जगत प्रजापतिले बताए। अबको दुई सातामा पानी वितरण गर्न सकिने उनले बताए। उनले भने, “ठिमीको ट्याङ्कीमा पानी गइसकेकाले अब दुई हप्तामा त्यस क्षेत्रका बासिन्दाले पनि पानी पाउनेछन्।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्