लेटेस्ट न्युज
advertisement1

पूर्व र मध्य भेगका केही स्थानमा वर्षा, आइतबारसम्म सतर्क रहन आग्रह

Maryada News 2025-04-18 09:02:10
पूर्व र मध्य भेगका केही स्थानमा वर्षा, आइतबारसम्म सतर्क रहन आग्रह

काठमाण्डू, देशको पूर्वी र मध्य भेगका केही स्थानमा अहिले हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम भेगको तुलनामा मध्य र पूर्वी भेगमा पानी पार्ने प्रणाली बढी सक्रिय रहेको छ।

महाशाखाका अनुसार आज कोशी र मधेश प्रदेश लगायत पहाडी भेगका केही स्थानहरूका साथै बाँकी भू-भागका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मौसमविद्हरूका अनुसार बिहीबारदेखि सक्रिय भएको नयाँ मौसमी प्रणालीले आगामी आइतबारसम्म हावाहुरी र चट्याङसहित वर्षा गराउने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले यो हप्ताभरि मौसममा सुधार नआउने भएकाले गहुँ, मुसुरो लगायतका बालीहरू अर्को हप्ता मात्र भित्र्याउन किसानहरूलाई आग्रह गरेको छ।

विभागले वर्षा र हावाहुरीबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि सबैलाई अनुरोध गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्