लेटेस्ट न्युज
advertisement1

आइपीएलमा पञ्जाब दोस्रो स्थानमा उक्लियो, आरसीबीको तेस्रो हार

Maryada News 2025-04-19 09:27:03
आइपीएलमा पञ्जाब दोस्रो स्थानमा उक्लियो, आरसीबीको तेस्रो हार

एजेन्सी, इण्डियन प्रिमियर लिग (आइपीएल) मा पन्जाब किंग्सले रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसीबी) लाई ५ विकेटले हराएको छ ।

वर्षाले प्रभावित खेलमा आरसीबीले टस हारेर ब्याटिङ गर्दै १४ ओभरमा ९ विकेट गुमाउँदै ९५ रन मात्र बनायो ।

आरसीबीका लागि टिम डेबिडले २६ बलमा ५ चौका र ३ छक्कासहित अविजित ५० रन बनाए । अन्य ब्याटर भने निराशाजनक प्रदर्शन गरे ।

कप्तान रजत पाटिदारले २३ रन जोडे । पन्जाबका अर्षदीप सिंह, मार्को जोनसेन, युजवेन्द्र चाहाल र हरपित ब्रारले दुईरदुई विकेट लिए ।

९६ रनको लक्ष्य पन्जाबले १२.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । उसका लागि ओपनर प्रभसिमरन सिँह (१३) र प्रियान्स आर्य (१६) सस्तैमा आउट भए ।

कप्तान श्रयेश अयर (७) र जोश इङ्लिस (१४) पनि टिक्न सकेनन् । नेहाल बधेराले १९ बलमा ३ चौका र ३ छक्कासहित अविजित ३३ रन बनाएर टोलीलाई जीत दिलाए ।

यो जितसँगै पन्जाबले ७ खेलमा १० अंक जोड्दै दोस्रो स्थान कब्जा गरेको छ । आरसीबी तेस्रो हार बेहोर्दै चौथो स्थानमा झरेको छ ।

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्