लेटेस्ट न्युज
advertisement1

स्थानीय र पश्चिमी वायु प्रणाली सक्रिय, पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Maryada News 2025-04-19 09:12:14
स्थानीय र पश्चिमी वायु प्रणाली सक्रिय, पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाण्डू, देशभर हाल स्थानीय वायु प्रणालीसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त प्रणालीका कारण कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने बाँकी प्रदेशमा मुख्यतः मौसम सफा र आंशिक बदलीको स्थिति देखिएको छ ।

महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा जारी रहेको छ।

यस्तै, आज दिनभर देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

विशेषगरी कोशी प्रदेशसहित देशको पहाडी भू-भागका धेरै स्थानहरूमा र बाँकी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक/दुई स्थानमा भारी वर्षा हुने सम्भावना समेत देखिएको छ।

साथै, देशका उच्च पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातसमेत हुन सक्ने महाशाखाको अनुमान छ ।

आज रातिको समयतर्फ हेर्दा पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहन सक्नेछ भने बाँकी भू-भागमा मुख्यतः सफा र आंशिक बदलीको अवस्था कायम रहने पूर्वानुमान गरिएको छ ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना छ ।

साथै, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना पनि महाशाखाले जनाएको छ ।

महाशाखाले मेघगर्जन, चट्याङ्ग, वर्षा र हिमपातका कारण कृषिकर्म, दैनिक जनजीवन, स्वास्थ्य, सडक यातायात र हवाई सेवा प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

सम्भावित प्राकृतिक जोखिमबाट जोगिन सबै पक्षलाई पूर्व तयारी र सावधानीपूर्वक गतिविधि सञ्चालन गर्नसमेत महाशाखाले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्