लेटेस्ट न्युज
advertisement1

संखुवासभा सामूहिक हत्या प्रकरण : थप ४ जना पक्राउ

Maryada News 2021-09-20 12:25:04
संखुवासभा सामूहिक हत्या प्रकरण :  थप ४ जना पक्राउ

काठमाडौँ : सङ्खुवासभा सामूहिक हत्यामा संलग्न आरोपमा थप ४ जनालाई पक्राउ गरिएको छ । मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्यामा संलग्न आरोपमा प्रहरीले थप ४ जनालाई पक्राउ गरेको हो ।

यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइसहित ४ जना छन् । लोकबहादुरका भाइ नरेश कार्कीलाई सोधपुछका लागी भदौ ३१ मा पक्राउ गरेको थियो ।

नरेश बाहेक थप ३ जनालाई पक्राउ गरिएको अनुसन्धानमा संलग्न एसपी भिम दाहालले बताए । संघिय प्रहरी इकाई कार्यालय धरानका एसपी दाहालले भने–‘लोकबहादुरका भाइसहित थप ४ जनालाई पक्राउ गरेका छौं, आज सार्वजनिक गर्छौ ।’ 

हत्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल हराएको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले नरेशको साथबाट सो मोबाइल बरामद गरेका छन् ।

नरेशको साथबाट मोवाइल बरामद गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा राखेर सोधपुछ गरिरहेको छ । ‘हत्यापछि रञ्जनाको मोवाईल नरेशले कसरी पाए भन्नेबारे अनुसन्धान गर्दै छौं’ अनुसन्धानमा संलग्न एकजना अधिकृतले भने–‘लोकबहादुरले घरमा लगेर लुकाएको र नरेशले भेटेर चलाएको वा नरेश आफैंले लगे भन्ने खुल्न बाँकी छ ।’

भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो । हत्यापछि सङ्खुवासभा पुगेका केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी रुगम कुँवर, सङ्घीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल र सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदी सहितको टिमले ५ दिनपछि लोकबहादुरलाई पक्रेर सार्वजनिक गरेका थिए ।

तेजबहादुर र परिवारका अन्य ५ जनालाई चिर्पटले हानेर हत्या गर्दा नरेश प्रत्यक्षदर्शी रहेको थाहा भएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्