लेटेस्ट न्युज
advertisement1

रविको सांसद पद फुकुवा गर्न रास्वपा सांसदहरूले उठाए आवाज

Maryada News 2025-02-07 18:14:08
रविको सांसद पद फुकुवा गर्न रास्वपा सांसदहरूले उठाए आवाज

राष्ट्रिय स्वतन्त्र पार्टी, रास्वपा का सांसदहरूले पार्टी सभापति रवि लामिछानेको सांसद पद फुकुवा गर्न माग गरेका छन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रास्वपाका सांसदहरुले उनको सांसद पद फुकुवा गर्न माग गरेका हुन्।

रास्वपा सांसद डोलप्रसाद अर्यालले सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेर झुट्टा मुद्दा लगाएर फसाउन खोजिएको आरोप लगाए। उनले भने, थुनामा नरहेको बेला लामिछानेको सांसद पद तुरुन्त फुकुवा गर्न सभामुखमार्फत आग्रह गर्दछु।शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो आपत्ति जनाएका हुन् । उनले सरकारले प्रतिशोध साँधेर पार्टी सभापति रवि लामिछानेमाथि रवैया देखाएको आरोप लगाए । उनले चौथो ठूलो दलको सभापतिमाथि यो हदसम्मको प्रतिशोधको मूल्य सरकारले चुकाउनुपर्ने चेतावनी दिए ।

रास्वपाकै सांसद बिनिता कठायतले सभापति लामिछानेलाई हिरासतमा राख्दैमा सहकारी पीडितको रकम फिर्ता भयो तरु भन्दै प्रतिप्रश्न गरिन्। सहकारी पीडितको समस्या समाधानमा  बेवास्ता गरेको भन्दै उनले आपत्ति जनाइन्।
हिजो  चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको वचत रकम अपचलनको मुद्दामा ५४ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ।
यस अघि कास्की, रुपन्देही र काठमाडौ जिल्ला अदालतले सहकारी ठगी, संगठित अपराध लगायतको कसुरमा लामिछानेलाई धरौटीमा रिहा गरेको थियो। सम्पत्ती सुद्धिकरणमा समेत उनी तानिए पछि उनको सांसद पद निलम्बन भएको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्