काठमाडौं : कोरोना भाइरस संक्रमण थप बढ्न सक्ने देखिएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय लगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको छ। केही महिना अगाडि देखि मात्र विद्यार्थी भौतिक रूपमा उपस्थित भएर विद्यालय र क्याम्पसमा पठनपाठन भइरहेको छ।
दोस्रो लहरको कोरोनाभाइरस महामारी थप फैलन सक्ने भएकोले सावधानी अपनाउन लागिएको मन्त्रालयको भनाइ छ। अहिले विद्यालय बन्द गर्ने र पठनपाठन गर्ने भए पनि अनलाइनबाट गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विद्यालयलगायत भीडभाड हुने अन्य क्षेत्र सिनेमा हल, रेन्टुरेन्ट, पार्टी प्यालेस बन्द गर्न मन्त्रालयले सिफारिस गरेको छ। पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढ्दै गएको छ। बिहीबार नेपालमा ३ सय ३२ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो।
प्रतिक्रिया