काठमाडौं । बुद्ध एयरको एटीआर–७२ विमानका क्याप्टेन आङगेलु शेर्पासहित चालक दलका सदस्यलाई उडानमा अस्थायी प्रतिबन्ध लगाएको छ । ल्याण्डिङ गियरमा समस्या आएको भन्दै विराटनगरमा पुगेर पनि पुनः काठमाडौंमै जहाज अवतरण गराउने जहाजका क्याप्टेन शेर्पासहित चालक दलका सदस्यलाई उडानमा अस्थायी प्रतिबन्ध लगाएको छ ।
अनुसन्धानको क्रममा जहाजमा प्राविधिक समस्या नरहेको भेटिएपछि चालक दललाई जहाज उडानमा अस्थायी प्रतिबन्ध लगाएको छ । तर उक्त जहाज अहिले नियमित उडानमा छ । बुद्ध एयरका अधिकारीहरुका अनुसार कम्पनी र प्राधिकरणका इन्जिनियरले गरेको अध्ययनपछि जहाज रिलिज भएको हो ।
प्रतिक्रिया