काठमाडौं : भारतको सवालमा राजनीति शास्त्रका प्राध्यापकहरूले सधैँ भन्ने एउटा कुरा छ, नेपालको हरेक आन्दोलनमा भारतको सदाशयता थियो । २००७ सालको क्रान्ति देखि २०६२/६३ को जनआन्दोलन सम्म भारतको साथ, सदाशयताको बखान दलका नेताहरुल नै गदै आएका छन् । तर आर्थिक रूपमा बृहत्तर फड्को मारिरहेको भारतको साथ, सहयोग र सद्भाव नेपालको आर्थिक विकासमा किन लिन खोजिएको छैन भन्ने कुरा आजसम्म सार्वजनिक बहसको विषय बन्न सकेको छैन ।
यही सन्दर्भलाई केन्द्र विन्दूमा राखेर नेपाल भारत मानव विकास एवं मैत्री सङ्घका अध्यक्ष सूर्यप्रसाद भुषालले लामो समयदेखि छिमेकी भारतको सहयोग र सदाशयतामा नेपालको आर्थिक विकास गर्न सकिन्छ तर यसमा दलका नेताहरु तथा नेपाल सरकार चुक्यो भन्दै शान्त पैरवी गर्दै आएका छन् ।
अध्यक्ष भुषाललाई सामान्य पहलले नेपाल भारतको साझा आर्थिक सवालको पैरवी हुन नसक्ने बोध भएपछि उनी देशव्यापी बहसमा उत्रिए । उनले 'नेपालको आर्थिक विकासको सवालमा नेपाल भारत बीचको साझा अवधारणा' विषयक बृहत्तर विचार गोष्ठी, बहस, पैरवी र अन्तर्क्र अघि बढाइरहेका छन् ।
हालसम्म अध्यक्ष भुषालले नेपालका विभिन्न ठाउँमा यस विषयमा बहस चलाइरहेका छन् । उनले हालै मात्र पोखरा, तनहुँ, नवलपरासी ,चितवन, हेटौँडा लगायतका ठाउँमा उक्त बहस सञ्चालन गरिसकेका छन् । जसमा सर्वसाधारणदेखि समाजका अग्रजहरूले उत्साहपूर्ण सहभागिता देखाएका छन् ।
बहसका क्रममा कतै पनि नेपालले भारतबाट आर्थिक सदाशयता लिन पछि पर्नु हुन्न भन्ने मूल विषयमा मत मतान्तर नदेखिएको अध्यक्ष भुषालको टिप्पणी छ । बरु नेपाल र भारतबीच, नेपालको आर्थिक सवालमा साझा अवधारणा निर्माणमा नेपालको सार्वभौमसत्ता, अखण्डता, स्वायत्ततालाई केन्द्र विन्दूमा राख्नेबारे सङ्घले शुरुमै स्पष्ट पारेर मात्र बहस शुरु गर्ने गरिएको अध्यक्ष भुषालको भनाई छ ।
नेपालको आर्थिक विकासमा नेपाल भारतवीचको साझा अवधारणा, रणनीति, सहकार्य कस्तो हुने, नेपालले कसरी लाभ लिन सक्छ ? , नेपालको सार्वभौमिकता, अखण्डता र स्वायत्तताको रक्षालाई कसरी सुनिश्चित गर्ने भन्नेबारे हामी जहिल्यै पनि सजग हुनै पर्छ भन्ने मान्यतालाई विशेष ध्यान दिनै पर्ने अध्यक्ष भुषाल बताउँछन् ।
उनी भन्छन् , 'नेपाल– भारत बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै दश वर्षे योजना बनाएर नेपालको आर्थिक विकासमा सबल बनाउँदै समृद्ध राष्ट्रको अवधारणाको साझा चार्ट बनाऔँ । अध्यक्ष भुषालको खास चासो र चिन्ता भनेकै भारतको आर्थिक विकासको लय नेपालले समात्न नसक्नुमा, नेपाल सरकार र नेपाली नेताहरूको दोष हो ।'
राजनीतिक तथा व्यवस्था परिवर्तनमा नेपालले जसरी भारतको साथ र सदाशयता लियो त्यसै गरी आर्थिक विकासमा पनि सदाशयता लिनु पर्ने अध्यक्ष भुषालको भनाई छ। उनी थप्छन् , 'अब भारतलाई नेपालको राजनीति भन्दा बाहिर निकालेर आर्थिक सामाजिक परिवर्तनका लागी उपयोग गरौँ । भारतले नेपालको विकासको लागि खर्बौँ रकम सहयोग गरे पनि धेरै आयोजनाहरू नेपाली राजनीतिको कारण अलपत्र परेको भुषालको दाबी छ जसका कारण नेपालले आर्थिक घाटा बेहोर्नु पर्यो।'
विशाल भारतलाई नेपालको विकासको आवश्यकतामा दुष्मनको दृष्टिले नभई मित्रको दृष्टिले हेर्न नसके भारतको प्रगतिको फाइदा नेपालले लिन नसक्ने अध्यक्ष भुषालको दाबी छ ।
'नेपालकाे आर्थिक विकासमा नेपाल र भारतबीचको साझा अवधारणा' विषयक गोष्ठीलाई सङ्घले राष्ट्रव्यापी बहसमा लैजान दर्जनौँ स्थानमा कार्यक्रम गर्ने जनाएको छ । सोही अनुसार यही कात्तिक २५ गते नवलपरासी र २७ गते बुटवलमा गोष्ठीको आयोजना गरिएको सङ्घले जनाएको छ ।
प्रतिक्रिया