लेटेस्ट न्युज
advertisement1

आफ्ना मन्त्रीलाई भ्रष्टाचारबाट मुक्त भएर काम गर्न अध्यक्ष नेपालको निर्देशन 

Maryada News 2021-11-20 16:53:06
आफ्ना मन्त्रीलाई भ्रष्टाचारबाट मुक्त भएर काम गर्न अध्यक्ष नेपालको निर्देशन 

काठमाडौँ : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई गलत कार्य नगर्न निर्देशन दिइसकेको बताएका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालद्वारा मध्यपुरथिमिको बोडेमा आयोजित दुईदिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

सोही कार्यक्रममा अध्यक्ष नेपालले आफ्ना मन्त्रीलाई भ्रष्टाचारबाट मुक्त भएर काम गर्न निर्देशन दिएको र गलत गरे कारबाही गर्ने जानकारी गराएको समेत बताएका छन् । उनले सरकारमा रहेका आफ्ना मन्त्रीले कुनै पनि गलत काम गरेमा कारबाही गरेर फिर्ता बोलाइने बताए ।

उनले शिक्षा र स्वास्थ्यमा ज्यादै मुनाफा हुनेगरी निजीकरण गरिएकाले सरकारले त्यसलाई निरुत्साहित गरी जनताको सेवामुखी भएर काम गर्नुपर्नेमा जोड दिए । अध्यक्ष नेपालले नेकपा एमालेमा रहने सच्चा कम्यनिष्टलाई ढोका बन्द गरेपछि बाहिर आउनु परेको बताए ।

अहिले एमालेले बिद्रोह गरेको पार्टी सकिन्छ भन्ने भ्रम फैलाउदै हिडेको भन्दै उनले भ्रम छर्नु पर्दैन, पुष्पलालले अगाडि बढेकै बाटो नेकपा समाजवादीले हिडेकाले त्यस्तो अवस्था नआउने दाबी गरे ।

अध्यक्ष नेपालले नेकपा समाजवादीमा आउनेको देशव्यापी लहर चलेको उल्लेख गर्दै राम्रो संस्कार जति समाजवादीमा ल्याएको र आउने क्रम जारी रहेको बताए । शनिबार सम्पन्न हुने भेलाले घोषणापत्र जारी गर्ने बताइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्