लेटेस्ट न्युज
advertisement1

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै

Maryada News 2021-11-12 20:17:14
भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै

काठमाडौँ : भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा समकक्षी मोदी नेपाल भ्रमणमा आउन लागेका बताइएको छ । भारतीय प्रधानमन्त्री मोदीको मंसिरको तेस्रो साता नेपाल भ्रमणमा आउने आन्तरिक टुङ्गो लागिसकेको स्रोतले जनाएको छ ।

स्रोतअनुसार प्रधानमन्त्री मोदीको नेपाल भ्रमण अगावै केन्द्रीय सडक एवं परिवहन मन्त्री नितीन गडगकरीको भ्रमण हुने छ । केन्द्रीय सडक एवं परिवहन मन्त्री नितीन गडकरी सहितको भारतीय उच्च टोलीले नेपाल भ्रमण गर्ने तय भएको बताइएको छ । मन्त्री नितीन गडकरीको भ्रमण लगत्तै प्रधामन्त्री मोदीको आगामी डिसेम्वर ८ तारिक अर्थात् मंसिर २२ गतेको भ्रमण तालिका आन्तरिक रुपमा तय भईसकेको बताइएको छ ।

नेपालको भूभागमा पर्ने कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भारतले एकतर्फी सडक निर्माण गरे पछि नेपाल भारतबिचको स्वतन्त्र चिसो हुँदै आएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको अगुवाइमा नेपालको भूभाग सहितको चुच्चे नक्सा सार्वजनिक भए पछि भारतीय संस्थापन नेपालसँग अझ रुष्ट वनेको थियो । नेपालका प्रमुख दलहरू नेपालको आफ्नो भूभाग सहितको राजनीतिक नक्सा सार्वजनिक गर्न एकमत भए पछि संसदवाटै यसलाई अनुमोदन गरेर अघि बढाइएको थियो । 

नेपालको परराष्ट्र मन्त्रालय श्रोतका अनुसार प्रधानमन्त्री देउवा र समकक्षी मोदीवीच बेलायतमा हालै भएको वाईलेटरल बैठकले भ्रमणको आईस ब्रेक गर्न सजिलो भएको हो ।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवा आगामी महाधिवेशनबाट पुन सभापतिमा दोहोरिन लालायित भएका वेला उनले यस अघि नै पूर्व परराष्ट्र मन्त्री एवं नेपाली कांग्रेसका सह महामन्त्री डाक्टर प्रकाशशरण महतको नेतृत्वमा आफ्नो स्वतन्त्र सुधारका लागि भारतीय संस्पनासंग भेटवार्ताका लागि कूटनीतिक पहल गरेका थिए ।

यसअघिकै सत्तारुढ भारतीय जनता पार्टी भाजपाका विदेश मामिला विभाग प्रमुख विजय चौथाईवालाले नेपाल भ्रमण गरेका थिए । चौथाईवालाले विशेष गरेर सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका सभापति देउवा सहित पदाधिकारीसँग रणनीतिक भेटघाट र संवाद अघि बढाएर फर्किएका थिए ।

भारतको सत्तारुढ दलले नेपालसँगको बदलिँदो अवस्थामा नयाँ कोणबाट आफ्नो सम्बन्ध विस्तारको रणनीति अघि सारिरहेका वेलाको भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणलाई निकै चासोका साथ हेरिएको छ । खास गरेर नेपालको पछिल्लो सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको महाधिवेशन, आगामी राष्ट्रिय चुनाव र भारतीय सुरक्षा लगायतका स्वार्थ केन्द्रित वार्तालाई नजिकबाट प्रभाव पार्न भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण हुन लागेको परराष्ट्र मामिलाका जानकारहरूको टिप्पणी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

33.33%

अचम्मित

33.33%

उत्साहित

33.33%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्