काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वडा अधिवेशनको उद्घाटन गरेका छन् । शनिवार ओलीले पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल रुपमा वडा अधिवशनको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एमालेले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्ने उद्देश्यले एमाले अघि बढिरहेको बताएका छन् । आधारभूत संगठनको रुपमा रहेको वडा संगठनको अधिवेशन एकै पटक उद्घाटन गरेको छ ।
एकताबद्ध एमालेले मात्रै यस्तो काम गर्न सम्भव रहेको र आज त्यही काम सम्पन्न भएको ओलीले बताए । केही दिन अघिको घनघोर वर्षाका कारण प्रभावित भएर रोकिएको ठाउँको वडा अधिवेशन केही दिनमै सम्पन्न हुने उनले बताए ।
उनले सर्वसम्मतिका साथ अधिवेशन सम्पन्न हुने विश्वास लिएको बताए । बाढी पहिरोका कारण प्रभावित केही वडामा भने अधिवेशन सरेको छ । पार्टीका संगठित सदस्यहरुले नै वडाको नेतृत्त्व चयन गर्ने छन् ।
अधिवेशनबाट ६ हजारभन्दा बढी वडाले नयाँ नेतृत्व पाउने छन् । अधिवेशनले पाँचजना प्रतिनिधिसहित सदस्यहरु चयन गर्ने छ ।
अध्यक्ष –१, उपाध्यक्ष–१, सचिव– १ र उपसचिव –२ चुनिने छन् । गाउँपालिका–नगरपालिकाका वडामा ३१ सदस्यीय कमिटी बन्ने छ । त्यस्तै उपमहानगरपालिकाका वडामा ४१, महानगरपालिका रहेको वडामा ५१ सदस्यीय कमिटी गठन हुने छ ।
प्रतिक्रिया