लेटेस्ट न्युज
advertisement1

महाधिवेशन अनिश्चित बन्दै गएकोमा गगन थापा असन्तुष्ट

Maryada News 2021-09-24 19:39:48
महाधिवेशन अनिश्चित बन्दै गएकोमा गगन थापा असन्तुष्ट

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले महाधिवेशन अनिश्चित बन्दै गएकोमा असन्तुष्ट जनाएका छन् । उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै असन्तुष्ट व्यक्त गरेका हुन् ।

‘कति सजिलै सर्छ अधिवेशनको मिति ! १३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन । कहिल्यै विधिमा चल्नुनपर्ने, थितिमा वस्नु नपर्ने, वेथितिको जिम्मा लिनै नपर्ने ।’

नेताले आदेश दिए पुग्ने र कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने अवस्था रहेको भन्दै उनले कांग्रेस पुनर्निर्माण गर्न सोच्नुपर्ने बेला आएको बताए । उनले प्रश्न गर्दै भनेका छन्, ‘बस नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने ! अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने ? सोचौं ।’

कति सजिलै सर्छ अधिवेशनको मिति!
१३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन।कहिल्यै विधिमा चल्नु नपर्ने,थितिमा वस्नु नपर्ने,वेथितिको जिम्मा लिनै नपर्ने।
बस नेताले आदेश दिए पुग्ने,कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने!
अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने?सोचौं। #कांग्रेसपुनर्निर्माण

— Gagan Thapa (@thapagk) September 24, 2021

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्