काठमाण्डू, विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरुले काठमाडौंमा प्रदर्शनलाई निरन्तरता दिएका छन् ।
सबैखाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दाहरु समेटेर विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले काठमाडौंको माइतीघर बबरमहल क्षेत्रमा शनिबार पनि प्रदर्शन गरेका हुन् ।
काठमाडौं केन्द्रित आन्दोलन गरेको महासंघले आफ्नो एकसूत्रीय माग पूरा नभएसम्म आन्दोलन नरोकिने जनाएकोे छ ।
सदनको हिउँदे अधिवेशनबाट पनि विद्यालय शिक्षा विधेयक अघि बढ्न नसकेपछि महासंघले अनिश्चितकालीन काठमाडौं केन्द्रित सडक आन्दोलन सुरु गरेको हो ।
यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्ने महासंघको माग छ ।
वार्ताका लागि सरकारले महासंघलाई पत्र पठाए पनि उनीहरुले वार्तालाई अस्वीकार गर्दै आएका छन् ।
प्रतिक्रिया