काठमाडौं : खानेपानीमन्त्री मणि थापालाई कोरोना भाइरस संक्रमण भएको छ । कोरोना पुष्टि भएपछि मन्त्री थापा चिकित्सकको निगरानीमा छन्। उनलाई सामान्य शरीर दुखाइ र थकानको महसुस भएको र कडा लक्षण भने नदेखिएको बताइएको छ । उनी सरकारी निवासमै आइसोलेसन बसेका छन् ।
यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, नेता विष्णु रिजाल र खिमलाल भट्टराईमा संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया