लेटेस्ट न्युज
advertisement1

भदौमा काँग्रेस महाधिवेशन नहुने, मंसिरमा गर्न सशांकको प्रस्ताव

Maryada News 2021-08-06 14:53:43
भदौमा काँग्रेस महाधिवेशन नहुने, मंसिरमा गर्न सशांकको प्रस्ताव

भरतपुर: नेपाली काँग्रेसको १४औं महाधिवेशन भदौमा नहुने निश्चित भएको छ । काँग्रेस महामन्त्री डा। सशांक कोइरालाले आज त्यसको खुलासा गरेका हुन् । उनले मंसिरसम्म सम्पन्न हुने गरी नयाँ मिति तोक्नुपर्ने बताए ।

कोइरालाले यस अघि तोकिएको मितिमै सम्पन्न गर्ने भनेपनि क्रियाशील सदस्यता विवादले त्यो सम्भव नभएको बताए । आज बिहान भरतपुर विमानस्थलमा पत्रकारहरुसग कुराकानी गर्दै महामन्त्री डा। कोइरालाले तोकिएको मितिमा महाधिवेशन असम्भव भइसकेको बताए ।

 चाँडै केन्द्रीय समितिको बैठक बोलाएर मंसिरसम्ममा गर्नेगरी मिति तोक्नुपर्ने उनको भनाई थियो । महाधिवेशनको मुखमा आएर मिति सार्दा नेता कार्यकर्तामा नैराश्यता छाएकाले चाँडै मिति तोक्न पदाधिकारीको बैठकमा छलफल भइरहेको जानकारी दिए ।

महाधिवेशन आउनु अघि एक वर्ष अघिनै क्रियाशिल सदस्यताको टुंगो लगाउनुपर्नेमा त्यसो गर्न नसक्नुमा काँग्रेसको कमजोरी रहेको बताए । जिल्ला जिल्लामै विवाद भएकाले समस्या भइरहेको उनको भनाई थियो । महामन्त्री कोइरालाले आफूपनि आगामी महाधिवेशनका लागि सभापतिको उम्मेदवार रहेको भन्दै जित सुनिश्चत गराउन छलफल चलिरहेको बताए ।

महामन्त्री कोइरालाले आफू सरकारमा सहभागी नहुने प्रष्ट पारे । उनलाई उपप्रधानमन्त्रीसहित स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने चर्चा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्