लेटेस्ट न्युज
advertisement1

आईपीएलमा पन्जाब किङ्सको पहिलो हार, राजस्थानसँग ५० रनले पराजित

Maryada News 2025-04-06 08:33:45
आईपीएलमा पन्जाब किङ्सको पहिलो हार, राजस्थानसँग ५० रनले पराजित

एजेन्सी, इण्डियन प्रिमियर लिग (आईपीएल) मा पन्जाब किङ्सले पहिलो हार व्यहोरेको छ।

शनिबारराति भएको खेलमा राजस्थान रोयल्ससँग पन्जाब ५० रनले पराजित भएको हो।

२०६ रनको लक्ष्य पछ्याएको पन्जाब २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रनमा समेटियो। खराब सुरुवात गरेको पन्जाबका लागि नेहाल वादेराले सर्वाधिक ६२ रनको इनिङ खेले पनि टोलीलाई जिताउन सकेनन्।

ग्लेन म्याक्सवेलले ३० रन, प्रबसिमरन सिंहले १७ रन तथा कप्तान श्रेयश अयर १० रनमा आउट भएपछि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्।

राजस्थानका जोफ्रा आर्चरले सर्वाधिक ३ विकेट लिए। टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ४ विकेट गुमाउँदै २०५ रन जोडेको थियो।

राजस्थानका ओपनर यशस्वी जैसवालले ६५ रनको योगदान गरे। कप्तान सञ्जु सामसनले ३८ रन जोड्दा रियान पराग ४३ रनमा नटआउट रहे।

पन्जाबका लकी फर्गुसनले २ विकेट लिए भने मार्को जेनसेन र अर्शदीप सिंहले समान १ विकेट लिए।

यो हारपछि पन्जाब चार अङ्कसहित तेस्रो स्थानमा छ भने राजस्थान समान अङ्कसहित सातौं स्थानमा उक्लिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्