काठमाडौँ : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानविरुद्ध जारी खेलमा नेपालले तेस्रो विकेट हात पारेको छ । नवौं ओभरको पाँचौं बलमा करण केसीले ओमानका अयान खानलाई बोल्ड गराएका हुन्।
ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा ओमानको तीनवटै विकेट करणले लिएका हुन् । करणले सातौं ओभरको पाँचौं बलमा ओमानका सुरुआती ब्याट्सम्यान सुफयान मेहमुदलाई सुशन भारीमार्फत् क्याच गराएका थिए ।
अर्का सुरुआती ब्याट्सम्यान जतिन्दर सिंहको पनि करणले नै विकेट लिएका थिए । करणले जतिन्दरलाई तेस्रो ओभरको चौथो बलमा आसिफ सेखमार्फत् क्याच गराएका थिए ।
प्रतिक्रिया