लेटेस्ट न्युज
advertisement1

गाजामा इजरायली हमलामा परेर महिला र बालबालिकासहित १५ जनाको मृत्यु

Maryada News 2025-04-07 09:42:24
गाजामा इजरायली हमलामा परेर महिला र बालबालिकासहित १५ जनाको मृत्यु

एजेन्सी, स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार इजरायली आक्रमणमा गाजा पट्टीमा आइतबारसम्ममा १० महिला र बालबालिकासहित कम्तीमा १५ जनाको ज्यान गएको छ ।

इजरायलले हमाससँगको युद्धविरामको अन्त्य गरी गत महिना आफ्नो हवाई र भूमि युद्ध फेरि सुरु गरेको थियो ।

उसले लडाकुहरूलाई युद्धविराम र बन्धक मुक्तिका लागि नयाँ सम्झौता स्वीकार गर्न दबाब दिनका लागि आक्रमणको लहर र क्षेत्र कब्जा गरेको छ ।

साथै खाद्यान्न, इन्धन र मानवीय सहायताको आयातमा पनि रोक लगाएको छ ।

नासर अस्पतालका अनुसार पछिल्लो आक्रमणले दक्षिणी सहर खान युनिसमा एउटा पाल र एउटा घरमा प्रहार गरेको थियो ।

उक्त हमलामा पाँच पुरुष, पाँच महिला र पाँच बालबालिकाको मृत्यु भएको छ ।

सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको लडाकुहरूले इजरायलमा आक्रमण गर्दा करिब एक हजार दुई सय मानिसका मृत्यु भएको थियो र दुई सय ५१ जना बन्धक बनाइएको थियो ।

त्यसपछि दुवै पक्षबीच युद्ध सुरु भयो । युद्धविराम वा अन्य सम्झौताहरूमा अधिकाङ्श बन्धकहरू रिहा भइसकेपछि अझै पनि ५९ बन्धक गाजामा राखिएका छन् – जसमध्ये २४ जना जीवित रहेको विश्वास गरिएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा कम्तीमा ५० हजार ६ सय ९५ प्यालेस्टिनीको मृत्यु भएको छ ।

मन्त्रालयले मृतकमध्ये कति नागरिक वा लडाकुहरू थिए भनेर बताउँदैन ।

इजरायली आक्रमणमा थप एक लाख १५ हजार तीन सय ३८ जना घाइते भएको मन्त्रालयले बताएको छ ।

इजरायलले कुनै प्रमाण नदिई करिब २० हजार लडाकू मारिएको बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्