काठमाण्डू, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत नेपालमा राजतन्त्र पुनर्स्थापना चाहँदैन भन्ने स्पष्ट पारेका छन्।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भारतले राजसंस्था फर्काउने प्रयास गरिरहेको भन्ने हल्ला भ्रामक र तथ्यविहीन भएको बताए ।
गणेशमान सिंह फाउण्डेसनले सोमबार काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्याउनुभएको योगदान’ विषयक गोष्ठीमा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् ।
उनले भारतले विगतमा पनि नेपालको लोकतान्त्रिक आन्दोलनलाई सहयोग गरेको स्मरण गर्दै भने, ‘चन्द्रशेखरजीको योगदान नभएको भए सायद हामी आज गणतन्त्रसम्म आइपुग्न सक्दैनथ्यौं ।’
देउवाले पछिल्ला दिनमा नेपालमा राजतन्त्र फर्काउने अभियानमा भारतको संलग्नता रहेको भन्ने हल्ला फैलिएको उल्लेख गर्दै त्यसको खण्डन गरे।
सभापति देउवाले नेपालमा गणतन्त्र स्थापनाको यात्रा छोटो भएपनि यसको जग मजबुत बनाउन सबै राजनीतिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया