लेटेस्ट न्युज
advertisement1

नेकपा अब ऋषि कट्टेलकाे पाेल्टामा

Maryada News 2021-03-07 17:26:13
नेकपा अब ऋषि कट्टेलकाे पाेल्टामा

काठमाडाैंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे नामकाे विषयमा भइरहेकाे विवाद टुंगाे लागेकाे छ। आइतबार सर्वाेच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपा नामकाे अधिकार ऋषि कट्टेलकाे भएकाे टुंगाे लगाएकाे हाे। 

सर्वाेच्चकाे निर्णय अनुसार पुष्पकमल दाहाल र केपी शर्मा ओली नेतृत्वकाे नेकपाले आफ्नाे नाम परिवर्तन गर्नुपर्नेछ।

पुष्पकमल दाहाल र केपी शर्मा ओली अध्यक्ष रहेकाे नेपाल कम्युनिष्ट पार्टीलाई निर्वाचन आयाेगले आधिकारिकता दिएपछि ऋषि कट्टेलले नेकपा आफ्नाे पार्टी भएकाे भन्दै सर्वाेच्चमा रिट दर्ता गराएका थिए। साेही रिटमाथि फैसला गर्दै नेकपा नामकाे विवाद टुंगाे लागेकाे हाे। 

२०७५ जेठ २३ मा दाहाल र ओली अध्यक्ष रहेकाे नेकपा निर्वाचन आयाेगमा दर्ता भएकाे थियाे। आज साे निर्णय बदर गर्दै सर्वोच्चले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहने बताएको छ।

सर्वाेच्चकाे निर्णयअनुसार सत्तारुढ दल अब नामविहीन भएकाे छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्