काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै न्यायलयमा देखिएको विवादको समाधान हुने विश्वास व्यक्त गरेका छन् । अदालतमा देखापरेका समस्याबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै दाहालले यो समस्याको छिटोभन्दा छिटो समाधान होस् भन्ने अपेक्षा राखेको बताए ।
महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा बुधबार जनकपुर विमानस्थलमा पत्रकारसँग छोटो कुराकानी गर्दै उनले अदालतको समस्या समाधानका निम्ति सबै पक्षले आ–आफ्नो ठाउँबाट पहल गर्ने आशा व्यक्त गरे ।
प्रतिक्रिया