लेटेस्ट न्युज
advertisement1

न्यायालयमा मौलाएको राजनीतिक भागबन्डाले न्यायालय विकृत भएको छ : न्यायाधीश समाज 

Maryada News 2021-10-26 14:26:33
न्यायालयमा मौलाएको राजनीतिक भागबन्डाले न्यायालय विकृत भएको छ : न्यायाधीश समाज 

काठमाडौं : न्यायाधीश समाजले जनताको आशा–भरोसाको केन्द्र न्यायालयमा मौलाएको राजनीतिक भागबन्डाले न्यायालय विकृत भएको जनाएको छ । समाजका उपाध्यक्ष बाबुराम रेग्मीले मंगलबार एक विज्ञप्ति जारी गर्दै न्याय परिषद्को संयोजनमा न्यायपालिकामा राजनीति भित्रिएको उल्लेख गरेका छन् ।

समाजले विज्ञप्तिमार्फत न्यायालयमाथि निष्पक्षताको पक्षमा प्रश्न खडा हुनु र भागबन्डा मौलाएको समाचारहरू सञ्चारमाध्याम र सामाजिक सञ्जालहरूमा प्रकाशन / प्रसारण हुनु दुःखद भएको उल्लेख गरेको छ । यस्तै, समाजले न्यायालयको आन्तरिक शुद्धीकरण र सृदृढीकरणमा संविधानबमोजिम चालिने जुनसुकै कदमको पनि स्वागत गर्ने उल्लेख गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्