काठमाडौं-सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्र सैद्धान्तिक अवधारणा मात्र नभइ सोचाई, पद्दति, जीवनव्यवहार र आउने पुस्तालाई हस्तान्तरण गर्ने संस्कार पनि रहेको बताएका छन्।
७१ औं प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले लोकतन्त्रको विकास, विस्तार र सदृढीकरण एउटा लामो र निरन्तर प्रकृया रहेको भन्दै यो जिम्मेवारी लोकतन्त्रप्रतिको गहिरो विशवास र तयसअनुरुपको व्यवहारबाट मात्र पूरा गर्न सम्भव रहेको बताएका हुन्।
७ दशकदेखिको नेपाली जनताको त्याग, विभिन्न कालखण्डमा भएका संर्घषहरु र बलिदानको प्रतिफmका रुपमा प्राप्त लोकतन्त्रको जीवन्त र जनमुखी अभ्यास गर्नुपर्ने अवस्थामा यसको पालना, संरक्षण र संवद्र्धन गर्ने दायित्व वहनको विषय लाकेतन्त्रका लागि मुख्य चुनौतीका रुपमा खडा भएको छ, उनले भनेका छन् ‘लोकतन्त्रको सुव्यवस्थित र संस्थागत अभ्यासका बारेमा समिक्षा गर्नुपर्ने अवस्था सिर्जना भएको छ।’
हेर्नुहोस् विज्ञप्तिसहित
प्रतिक्रिया