लेटेस्ट न्युज
advertisement1

सर्वाेच्चमा सकियो एमिकस क्युरीको बहस

Maryada News 2021-02-19 16:20:55
सर्वाेच्चमा सकियो एमिकस क्युरीको बहस

काठमाडौं– प्रतिनिधि सभा विघटन मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको सुनुवाइमा एमिकस क्युरीको तर्फबाट गरिएको बहस सकिएको छ। एमिकस क्युरीले राय दिने क्रम आज सकिएको हो। 

गत मंगलबारदेखि आज शुक्रबारसम्म संवैधानिक इजलासले एमिकस क्युरीको राय लिएको हो। बहस सकिएसँगै इजलासले कानुन व्यवसायीका बहसको नोट अध्ययन गर्ने भएको छ । आगामी फागुन १० सम्ममा बहस नोट पेस गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अधिवक्ताहरूलाई आग्रह गरेका छन्।

पाँच जना वरिष्ठ कानुन व्यवसायीले एमिकस क्युरीको तर्फबाट संवैधानिक इजलासमा आफ्नो धारणा पेस गरेका थिए। एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेल, विजयकान्त मैनाली, बद्रिबहादुर कार्की, पूर्णमान शाक्य र गीता पाठक रहेका छन्।  

विशेष मुद्दामा अदालतलाई पक्ष विपक्षभन्दा पनि तटस्थ बहस गर्ने विज्ञ टोलीको आवश्यकता हुन्छ। विज्ञ टोलीको परामर्श लिने कार्यलाई कानुनी भाषामा एमिकस क्युरी भनिन्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्