काठमाडाैंः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'काे पुनरावेदन निवेदन प्रधानन्यायाधीश चाेलेन्द्र शमसेर जबरा स्वयंले हेर्ने भएका छन्। जबरासहित न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको बेञ्चले आज निवेदनकाे सुनुवाइ गर्ने भएको हाे।
पुनरावलोकन निवेदनलाई निस्सा दिने अथवा नदिने भन्ने निर्णय अब न्यायाधीशहरूकाे साे टाेलीले गर्ने छ।
गत फागुन २३ मा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीकाे इजलासले नेकपाकाे आधिकारिकता ऋषि कट्टेललाई दिने निर्णय गरेसँगै नेकपा एमाले र माओवादी केन्द्रसमेत व्युँतिएका थिए। माओवादीकाे स्थायी कमिटी बैठक र विभिन्न कानुनविद्सँगकाे परामर्शपछि प्रचण्डले गत मङ्गलबार सर्वाेच्चमा पुनरावेदन निवेदन दर्ता गराएका थिए।
प्रतिक्रिया