काठमाडाैंः कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेकाे विपक्षी गठबन्धनकाे बैठकले सरकारले अध्यादेशमार्फत पूर्ण बजेट ल्याएर संविधान उल्लंघन गरेकाे आराेप लगाएकाे छ। आइतबार बिहान बसेकाे बैठकले सरकारकाे कदमहरूकाे राजनीतिक प्रतिवाद गर्नेसमेत जनाएकाे छ।
कांग्रेस सभापति देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतका नेताकाे उपस्थिती रहेकाे बैठकले सरकारका कदमबारे विज्ञप्ति निकालेरै विरोध जनाउने निर्णय गरेका छन्।
केही बेरमा विज्ञप्ति सार्वजनिक गरिने बैठकमा सहभागी माओवादी नेता देव गुरुङले बताए।
प्रतिक्रिया