लेटेस्ट न्युज
advertisement1

ओलीविरुद्ध कानुनी लडाइँकाे तयारीमा विपक्षी गठबन्धन

Maryada News 2021-05-22 12:24:48
ओलीविरुद्ध कानुनी लडाइँकाे तयारीमा विपक्षी गठबन्धन

काठमाडाैंः नेपाली कांग्रेससहितकाे विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कानुनी लडाइँ लड्ने तयारी गरेकाे छ। बानेश्वरमा ११ बजेपछि बस्ने विपक्षी गठबन्धनकाे बैठकले प्रधानमन्त्री ओलीविरुद्ध रिट दायर गर्ने तयारी गरेकाे हाे।

कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र, जसपा र एमालेका माधव नेपाल समूहलाई बैठकमा बाेलाएका छन्। प्रधानमन्त्री ओलीकाे विपक्षमा उभिएकाे यस खेमाले अदालतमा रिट दायर गर्ने भएकाे हाे। 

यसअघि बिहान देउवा निवास बूढानिलकण्ठमा बसेकाे कांग्रेस पदाधिकारी बैठकले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गर्दै राजनीतिक र कानुनी उपचार खाेज्ने निर्णय गरिसकेकाे छ। नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति नै नेपालको संविधान र लोकतान्त्रिक मूल्य मान्यतालाई छियाछिया पार्ने काममा लागेको आराेप समेत लगाएकाे छ।

यता ओलीकै दल नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले ओली र भण्डारीकाे कदमलाई प्रतिगमन-२ भएकाे ठहर गरिसकेका छन्। उनी पनि विपक्षी खेमासँगै कानुनी र राजनीतिक लडाइँमा सामेल हुने जनाइसकेका छन्। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्