लेटेस्ट न्युज
advertisement1

एमाले संसदीय बोर्डमा नेपाल - खनाल नबस्ने

Maryada News 2021-03-20 17:52:26
एमाले संसदीय बोर्डमा नेपाल - खनाल नबस्ने

काठमाडौं : नेकपा एमालेको नवगठित संसदीय बोर्डमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल नबस्ने भएका छन् । एमाले संसदीय दलको अघिल्लो बैठकले २७ सदस्यीय बोर्ड गठन गरेको थियो, जसमा खनाल र नेपाललाई राखिएको थियो । 

आज (शनिबार) युवा संघको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आफूहरु बोर्डमा नबस्ने बताएका हुन् ।

‘म र झलनाथ खनाल दुई जना बबुरोहरुलाई कृपादृष्टि पुर्याएर ठाउँ दिनु भएछ’ उनले भने, ‘हामीले हुन्छ प्रभु भने भनेनौं, त्यो बोर्डमा हामी बस्दैनौं ।’ बोर्ड गठन बैधानिक हुनुपर्ने भन्दै उनले छलफल गरेर अगाडि बढे आफूहरु तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्