लेटेस्ट न्युज
advertisement1

सभामुख घिमिरेले बुझे विवेकशील साझा पार्टीले प्रकाशन गरेको गाैरवमय साँस्कृतिक मानचित्र

Maryada News 2023-08-06 17:27:12
सभामुख घिमिरेले बुझे विवेकशील साझा पार्टीले प्रकाशन गरेको गाैरवमय साँस्कृतिक मानचित्र

विवेकशील साझा पार्टीले नेपालको गाैरवमय साँस्कृतिक मानचित्र सभामुख देवराज घिमिरेलाई हस्तान्तरण गरेको छ । 
सार्वभाैम नेपालको गाैरवमय ईतिहास झल्काउँदै नयाँ पुस्तामा देशभक्तिको भावनालाई आत्मसात गराई धरातलीय यथार्थ बुझाउन विवेकशील साझा पार्टीले प्रकाशन गरेको ऐतिहासिक नेपालको गाैरवमय साँस्कृतिक मानचित्र सभामुख देवराज घिमिरेलाई हस्तान्तरण गरेको हो । 

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पार्टी अध्यक्ष समीक्षा वास्कोटा,उपाध्यक्ष प्रकाशचन्द्र परियार, प्रवक्ता आशुतोष प्रधान, केन्द्रीय सदस्यहरु नवराज थापा,सुरज प्रधान,मिलन परियार, निरञ्जन चापागाँई,चन्द्र श्रेष्ठ सम्मिलित टोलीले सभामुख घिमिरेलाई गाैरवमय साँस्कृतिक मानचित्र हस्तान्तरण गरेको हो । प्राचीन राष्ट्र नेपालको सुगोैली सन्धी अगाडीको भू-भाग र वर्तमान भु-भागमा रहेका साँस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक धरोहरहरुलाई समेटेर निर्माण गरिएको मानचित्रमा सगरमाथा देखि वाैद्ध स्तुपा सम्म, पशुपतिनाथदेखि काँक्रेविहार सम्मका पुरातात्विक महत्वका सम्पदा समेटिएका छन। 

गोैरवमय इतिहासमा मानसरोवरदेखि गंगा मैदान सम्मुका धरोहरलाई नक्सांकन गरिएको छ। धरातलीय यथार्थमा नेपालको वर्तमान राजनीतिक नक्साभित्र रहेका सांस्कृतिक, पुरातात्विक सम्पदालाई झल्काईएको छ।

विवेकशील साझा पार्टीले सरकारले निर्वाह गर्नु पर्ने दायित्व स्मरण गराउँदै नेपालको साँस्कृतिक मानचित्र सार्वजनिक गरेर सरोकारवालाहरुलाई स्मरण गराउने अभियान बमोजिम यो अभियान थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्