कैलाली, भीमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनीट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्रक चालक बझाङको बुङ्गल नगरपालिका–२, दहबगरका अर्जुन धामी लगायत छन् ।
मृतक अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी बिनोद शर्माले जानकारी दिए ।
धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४२८ नम्बरको मिनी ट्रक आज बिहान दुर्घटना भएको हो ।
खाद्यान्नका सामान बोकेको मिनीट्रक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको छ ।
प्रतिक्रिया