हेटौंडा : बागमती प्रदेशसभाको बैठक स्थगित भएको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो । प्रतिपक्षी दलसँग सहमतिविना बैठक बोलाइएको भन्दै प्रतिपक्षी दलले असहमति जनाएपछि बैठक आइतबार लागि सरेको नेपाली कांग्रेसका सचेतक छिरिङदोर्जे लामाले जानकारी दिए ।
बैठकमा सहमति जुटाउनुभन्दा अंकगणितीय हिसाबले पेलेर लैजाने ढङ्गबाट सत्तापक्ष आएपछि प्रतिपक्षहरूले यसको विरोध गरेका थिए ।
बैठक सुचालु गर्न शनिबार मूख्यमन्त्री डोरमणि पौडेल, प्रमुख प्रतिपक्षि दलका नेता शालिकराम जम्कट्टेल, प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँ सहितको बैठकमा आइतबार बैठक संचालन गर्नेबारे छलफल भएको थियो ।
प्रदेश सरकारले आगामी आव ०७८÷०७९ का लागि ल्याएको बजेटमा असन्तुलन रहेको, सरकारले संचारगृह चलाउन लागेको, विना पूर्वाधार विद्युतीय सवारी खरिद गर्न लागेको जस्ता विषयको विरोधमा प्रतिपक्षी दलले बैठक अवरुद्ध गर्दै आइरहेका छन् ।
प्रतिक्रिया