काठमाडौं : नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले सरकारले प्रतिनिधि सभा भंग गरेर गल्ती गरेकाले नैतिकताका आधारमा मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । शुुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेता खाँणले असंवैधानिक कदम चालेर पनि सरकारले गल्ती महसुस नगरेको भन्दै प्रधानमन्त्रीले नैतिकताका आधारमा मार्ग प्रस्तुत गर्नुपर्ने बताए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएदेखि असंबैधानिक कार्य गरिरहेको पनि बताए । सर्वोच्च अदालतद्वारा संसद पुनर्स्थापना भएपछि पनि सरकारले यसलाई चासोका साथ नलिएको बताए । मेलम्चीको पानी ल्यायौँ भन्दै धाक लगाई रहँदा यसका परिकल्पनाकार कांग्रेस नेता कृष्णप्रसाद भट्टराईको नाम लिन समेत सरकार हिच्किचाइरहेको बताए ।
प्रतिक्रिया