राजधानीको ठमेलमा बिहीबार राति ड्युटीमा रहेका दुई जना प्रहरीमाथि हातपात गर्नेहरु प्रमुख सत्तारुढ दल नेकपा एमाले निकट अनेरास्ववियुका नेताहरु रहेको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त दरबारमार्गबाट मोटरसाइकलमा ड्युटीमा खटिएका प्रहरी हवल्दार रघुलाल घर्ती र प्रहरी जवान नगेन्द्र विष्टमाथि हातपात भएको दरबारमार्ग प्रहरीले जनाएको छ ।
हातपात गर्नेहरुमा अनेरास्ववियु स्थायी कमिटी सदस्य कमल जोशी, रमेश फुलारा, गणेश शाही, दिनेश सिग्देल, गोपालजंग शाहीसहित ६ जना रहेको प्रहरीले जनाएको छ ।
सत्तारुढ दलका विद्यार्थी नेतालाई जोगाउन दवाब र प्रभावलाई वेवास्ता गर्ने प्रहरीको भनाई छ।
घटनाको सुक्ष्म अनुसन्धान गरी दोषीहरुलाई कडा कारवाही हुनुपर्ने माग उठीरहेको छ।
प्रतिक्रिया