लेटेस्ट न्युज
advertisement1

राजावादी आन्दोलनमा बितेका महर्जनको शव परिवारले बुझे, आजै पशुपतिमा अन्त्येष्टि

Maryada News 2025-04-01 19:30:12
राजावादी आन्दोलनमा बितेका महर्जनको शव परिवारले बुझे, आजै पशुपतिमा अन्त्येष्टि

काठमाण्डू, यही चैत्र १५ गते भएको राजावादी आन्दोलनको क्रममा ज्यान गुमाएका सविन महर्जनको शव आफन्तले बुझेका छन् ।

कीर्तिपुर–४का निवासी महर्जनको राजावादीको हिंसात्मक प्रदर्शनमा गोली लागेर मृत्यु भएको थियो ।

यसअघि दोषीलाई कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै शव लिन परिवारले अस्वीकार गर्दै आएको थियो ।

तर, आज उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टम सकेर परिवारलाई बुझाइएको जनाइएको छ ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने उनका सहयोगी राजेन्द्र बानियाँले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्