काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले दार्चुला घटनामा भारतले सार्वजनिक रुपमा क्षमायाचना माग्नु पर्ने माग गरेका छन् ।
बुधबार बसेको राष्ट्रियसभा बैठकमा श्रेष्ठले भारतीय सीमा सुरक्षा बलका व्यक्तिकै कारणबाट तुइनको तार काटिएका कारणबाट जयसिंह धामी महाकाली नदीमा वेपत्ता भएको भन्दै भारतले अभिलम्ब नेपाल र नेपाली जनतासँग सार्वजनिक क्षमायाचना गर्न माग गरेका छन् ।
उनले छानबिन समितिले उक्त घटनामा तत्काल सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही र पीडितलाई राहतको व्यवस्था गर्नुपर्ने धारणा राखे । दोषीलाई कारबाहीको माग तथा पीडित परिवारलाई तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने र कूटनीतिक पहलबाट समाधान निकाल्ने प्रयास गर्नुपर्ने उनले बताए ।
श्रेष्ठले आफूहरुले अहिले पनि भारतसँग असल मैत्रीपूर्ण सम्बन्ध कायम हुनुपर्नेमा जोड दिएको जिकिर गरे । फरक प्रसंगमा उहाले प्रतिनिधिसभा विघटन हुनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नभएर सबै राजनीतिक पार्टीहरुपनि जिम्मेवार रहेको बताए ।
प्रतिक्रिया