लेटेस्ट न्युज
advertisement1

जारी आन्दोलन अब राणाको वहिर्गमनपछि मात्रै रोकिन्छ : सर्वोच्च बार अध्यक्ष शाक्य

Maryada News 2021-11-14 16:46:34
जारी आन्दोलन अब राणाको वहिर्गमनपछि मात्रै रोकिन्छ : सर्वोच्च बार अध्यक्ष शाक्य

काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालतमा प्रवेश गरेपछि कानून व्यवसायी अझ आक्रोशित भएका छन् । शुक्रबारकै शैली अपनाउँदै प्रधानन्यायाधीश जबरा ठूलो सुरक्षा घेराबीच बैकल्पिक गेटबाट प्रवेश गरेपछि कानून व्यवसायी अझ आक्रोशित बनेका हुन् ।

कानून व्यवसायीहरुले राणाको बहिर्गमन नभएसम्म बरू भोकभोकै रहने तर आन्दोलन नरोकिने अडान दोहोर्‍याएका छन् । तीन सातादेखिको आन्दोलन अब राणाको वहिर्गमनपछिमात्रै रोकिने सर्वोच्च बार एशोसिएनका अध्यक्षसमेत रहेका वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले बताए ।  

उनले भने ‘हामी भोकभोकै मर्न तयार छौँ, अब वारपार नभइ यो आन्दोलन रोकिन्न’ नेपाल बार एशोसिएनका महासचिव लीलामणि पौडेलले भने राणाको समर्थनमा भइरहेको प्रदर्शनको चर्को विरोध गरेका छन् ।

‘दैनिक हाजिर गरेर खटाइएका २ हजार रुपैयाँका भाडाका टट्टुहरु माइतीघरमा कराइ रहेका छन् । त्यसले हुनेवाला केही छैन’, उनले भने, ‘राणाले राजीनामा दिने समय घर्किसक्यो ।’

प्रधानन्यायाधीश  जबराविरूद्ध जारी आन्दोलनलाई बार एशोसिएसन आइतबारदेखि देशव्यापी बनाएको छ । यसअघि सर्वोच्च अदालत, विशेष अदालत र काठमाडौं उपत्यकास्थित अदालतमा कालोपट्टी बाँधेर आन्दोलन हुँदै आएकामा आइतबारदेखि आन्दोलन देशभर विस्तार गरिएको हो ।

बारको आन्दोलनका कारण काभ्रे र उपत्यकाभित्रका सबै जिल्ला अदालत, न्यायाधीकरण, विशेष अदालतमा मध्याह्न १२ बजेसम्मका मुद्दा सुनुवाइ  प्रभावित भएको छ । बारले १४ कात्तिकदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्